रुस युक्रेन युद्ध : बल्ल खार्किब पस्यो रुसी सेना « Khabarhub

रुस युक्रेन युद्ध : बल्ल खार्किब पस्यो रुसी सेना


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुसी सैनिक युक्रेनको पूर्वी शहर खार्किब प्रवेश गरेका छन् । युक्रेनमा आक्रमण गर्न थालेको झण्डै ७२ घण्टापछि बल्ल रुसी सेना खार्किब प्रवेश गरेका हुन् ।

खार्किब शहर रुसी सीमाबाट केबल ४० किलोमिटरको दुरीमा छ । युक्रेनमा आक्रमण थालेको दिन देखि नै रुसी सेना खार्किब प्रवेश गर्न खाजिरहेको भएपनि युक्रेनी सेना र सशस्त्र ‘भूमि रक्षा दल’ को प्रत्याक्रमणका कारण प्रवेश गर्न असफल रहँदै आएका थिए ।

तर, पछिल्लो पटक भने रुसी सेनाले खार्किब शहरको सुरक्षा परिधि नाघेर शहरको केन्द्रतर्फ आउन थालेको खार्किब क्षेत्रीय प्रशासनका अध्यक्ष ओलेग सिनेगुबोभले जनाएका छन् ।

‘शहरको मध्यभागतर्फ साना हतहतियार सहित रुसी फौजको घुसपैठ भएको छ ।’ सिनेगुबोभलाई उद्धृत गर्दै युक्रेनको द किभ इन्डिपण्डेन्ट अखबारले जनाएको छ ।

अहिले खार्किब शहरभित्र र शहरआसपास भीडन्तहरु भइरहेको जनाइएको छ । द किभ इन्डिपेण्डेन्टका अनुसार अधिकारीहरुले स्थानीय बासिन्दाहरुलाई घरभित्रै सुरक्षित भएर बस्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  १२ : २९ बजे

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल