रुसी योजना तोड्यौ, सरकार डगमगाएको छैन : युक्रेनी राष्ट्रपति   « Khabarhub

रुसी योजना तोड्यौ, सरकार डगमगाएको छैन : युक्रेनी राष्ट्रपति  


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ – युक्रेनको राजधानी किभ सहरलाई रुसी सेनाले चारै तिरबाट मिसाइलले हमला गरे पनि युक्रेनी सरकारले आत्मसमर्पण गरेको छैन।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सरकार कत्ति पनि नडगमगाएको भन्दै युक्रेनी सेना राजधानी किभ, दक्षिणी सहर ओडेसा र उत्तर पूर्वी सहर खार्किभमा लडिरहेको बताएका छन् ।

‘अतिक्रमणकारीहरुले  हाम्रो राज्यको केन्द्रलाई अवरोध गर्न चाहन्छन्,’ उनले भनेका छन्, ‘हामीले उनीहरूको योजना तोड्यौँ ।’ रूसी सेनाले किभलाई घेरा हालेपछि सरकारले त्यहाँका स्थानीयलाई घरभित्रै बस्न भनेको छ ।

रुसी हमलामा अहिलेसम्म २४० सर्वसाधारणको हताहत भएको राष्ट्रसंघले जनाएको छ । युक्रेनले सर्वसाधारणसहित आफ्ना १३७ नागरिकको मृत्यु भएको पुष्टि गरेकाे छ । रुसी सेनातर्फ भएको हताहतबारे मस्कोले अहिलेसम्म केही उल्लेख गरेको छैन।

रुसी क्षेप्यास्त्रले राजधानीबाट केही किलोमिटर टाढा रहेको सहरको एउटा तेल डिपोमा हमला गरेको छ। अहिले डिपोबाट निस्किएको विषाक्त धुवाँबाट वरपरको वातावरण प्रदूषित भएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

रुसी हमलापछि राजधानीका मानिसहरू रातभर अन्डरग्राउन्ड आश्रयमा बसेका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  १२ : ३२ बजे

एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक गर्‍यो

भरतपुर– एलजी इलेक्ट्रोनिक्स सिंगापुर प्रालीको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकता

चिनियाँ सहर : जहाँ गगनचुम्बी भवनबीच छाएको छ हरियाली (तस्बिरहरू)

काठमाडौं– कुनै समय विश्वमै धेरै वातावरणीय प्रदूषण गरेको आरोप झेल्दै

सुनचाँदीको मूल्य लगातार उकालो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

बोपुङको वासिङ पहिरो : बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ– जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास बनाउँदै

अल्जेरियालाई सहजै पन्छाउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अल्जेरियालाई २–० ले पराजित गर्दै स्विट्जरल्यान्ड फिफा विश्वकपको