मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एक जना घाइते « Khabarhub

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एक जना घाइते


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही  – सर्लाहीको धन्कौलमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

शनिबार राति मधुवनी-नयाँरोड सडकखण्ड अन्तर्गत धन्कौल गाउँपालिका-२, स्थित लंगडा पुलमा प्रदेश २-०३-०१९ प ३६०५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । मोटरसाइकल दुर्घटना भएर पुलमुनी खस्दा चालक कौडेना गाउँपालिका-३, का मनोज चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परेर चौधरीको टाउको र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि बरहथवा स्थितभेनस अस्पतालमा लगिएको थियो तर, उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

दुर्घटनामा कौडेना गाउँपालिका-५, का दिपेश मुखिया घाइते भएका छन् । उनको भेनेस अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक जटाशंकर यादले जानकारी दिए  ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  १२ : ४८ बजे

चिनियाँ सहर : जहाँ गगनचुम्बी भवनबीच छाएको छ हरियाली (तस्बिरहरू)

काठमाडौं– कुनै समय विश्वमै धेरै वातावरणीय प्रदूषण गरेको आरोप झेल्दै

सुनचाँदीको मूल्य लगातार उकालो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

बोपुङको वासिङ पहिरो : बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ– जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास बनाउँदै

अल्जेरियालाई सहजै पन्छाउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अल्जेरियालाई २–० ले पराजित गर्दै स्विट्जरल्यान्ड फिफा विश्वकपको

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न विभागको निर्देशन, उल्लङ्घन गरे कारबाही हुने

काठमाडौं– पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी