एक जना नेपालीको वार्षिक आय १ हजार ३४ डलर « Khabarhub

एक जना नेपालीको वार्षिक आय १ हजार ३४ डलर


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षको ९ महिनाका तथ्यांक र सूचनाका आधारमा सातै प्रदेशको आर्थिक वृद्धि–दर प्रक्षेपण गरेको छ ।

तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा सबैभन्दा बढी प्रदेश ५ को ७.३६ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । त्यस्तै सबैभन्दा कम कर्णाली प्रदेशको ५.६८ प्रतिशत आर्थिक वृद्धिदर हुने तथ्यांक छ । ७.०६ प्रतिशतले दोस्रोमा गण्डकी प्रदेश रहेने प्रक्षेपण छ ।

त्यस्तै प्रदेश २ को ६.५३, प्रदेश १ को ६.४९ र ६.५३ प्रतिशतले प्रदेश २ चौथौ, ६.४९ प्रतिशतले प्रदेश १ पाचौं र ६.२५ प्रतिशतले सुदुरपश्चिम प्रदेश छैठौं आर्थिक वद्धि दर हालिस गर्ने स्थानमा रहेको तथ्याङ्कले देखाएको छ ।

विभागका अनुसार प्रदेश ३ को सबैभन्दा बढी कूल गार्हस्थ्य उत्पादन मूल्य (१० खर्ब ३९ अर्ब २९ करोड ७० लाख र उपभोक्ता मूल्य १४ खर्ब ३२ अर्ब ७५ करोड ६० लाख) रहको छ ।

त्यस्तै सबैभन्दा कम कर्णाली प्रदेशको कूल गार्हस्थ्य उत्पादन मूल्य ( १ खर्ब १७ अर्ब ३४ करोड ५० लाख र उपभोक्ता मूल्य १ खर्ब १९ अर्ब २५ करोड ९० लाख) रहको छ ।

तथ्याङ्क अनुसार सबैभन्दा बढी प्रदेश ३ मा प्रतिव्यक्ति आय २ हजार ४९ अमेरिकी डलर रहेको छ । त्यस्तै दोस्रो गण्डकी प्रदेशमा ९ सय ४८, तेस्रा प्रदेश १ मा ८ सय ८२, चौथो प्रदेश ५ मा ७ सय ९६, पाचौं सुदुरपश्चिम प्रदेशमा ६ सय ८५, छैठौंमा प्रदेश २ मा ६ सय ५१ र सबैभन्दा कम कर्णाली प्रदेशमा ६ सय १ अमेरिकी डलर रहेको तथ्यांकमा उल्लेख छ ।

राष्ट्रियस्तरमा भने प्रतिव्यक्ति आय १ हजार ३४ डलर रहेको छ ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ५ : १५ बजे

दाङ २ मा एमाले महासचिव धेरै पछाडि, रास्वपाका विपिन सुरूबाटै बलियो

दाङ- दाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका

दाङ २ : रास्वपाका विपिन एमालेका शंकरभन्दा धेरै अगाडि 

काठमाडौं– दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव शंकर

आछाममा भीम रावल अगाडि, एमाले पछ्याउँदै 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार भीम रावलले सुरुवाती अग्रता

डडेल्धुरामा पनि रास्वपाका जोशीको अग्रता

अमरगढी– डडेल्धुरा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा.

झापाका पाँचवटा क्षेत्रमा रास्वपाको अग्रता, ५, ४, २ मा निरन्तर लिड

काठमाडौं– पाँचवटा निर्वाचन क्षेत्र रहेको झापामा पाँचैवटा निर्वाचन क्षेत्रमा राष्ट्रिय