विश्व इतिहासमा आज : फेब्रुअरी २८ मा भएका मुख्य मुख्य विश्व घटना « Khabarhub

विश्व इतिहासमा आज : फेब्रुअरी २८ मा भएका मुख्य मुख्य विश्व घटना


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

२०७५ सालको फागुन १६ गते आजको दिन पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको निधन भएको थियो। ताप्लेजुङको पाथीभरा दर्शनबाट फर्किने क्रममा तारेभीरमा एयर डाइनेष्टिको हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो । उनीसँगै पर्यटन व्यवसायी तथा यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा लगायत ७ जनाको पनि दुर्घटनामा निधन भएको थियो ।

सन् २००५ मा इराकको प्रहरी चौकी नजिक आत्मघाती आतंकवादी हुँदा १ सय २७ जनाको ज्यान गएको थियो । त्यस्तै एक वर्ष अगाडि आजको दिन यमनको राजधानी सानाको नजिक एक बजारमा भएको हवाई आक्रमणमा ३० जनाले ज्यान गुमाएको थियो ।

सन् १९८६ मा स्वीजरल्याण्डका प्रधानमन्त्री ओलोफ प्लामेको हत्या भएको थियो । आलोफ आफ्नी श्रीमतीसँग यात्रा गरिरहेको बेलामा स्टकहोल्ममा एम्बुसमा परेका थिए । उनी स्वीडेनको संस्थापक प्रधानमन्त्री छन् ।

सन् १९३३ मा जर्मनीका शासक अडोल्फ हिटलरले कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाएका थिए ।

सन् १९८७ मा अमेरिका र बेलायतले आणविक हतियार सन्धिमा हस्ताक्षर गरेका थिए । सम्झौता अनुरूप आफूसँग भएको आणविक हतियारलाई सुरक्षित तरिकाले नष्ट गर्ने सम्झौता भएको थियो । यो सन्धि इन्टरमिडियट रेन्ज न्यूक्लियर फोर्सेस सन्धि सन् १९८७ मा आधारित छ ।

सन् १९४८ मा बेलायती सेनाको अन्तिम टोलीले भारत छोडेका थिए । दोस्रो विश्वयुद्ध पछि बेलायतले विश्वमा फैलाएको शासन क्रमशः अन्त्य हुँदै थिए । भारतमा महात्मा गान्धीको प्रयासले भारतले स्वतन्त्रता पाए पनि भारतलाई दुई देशमा विभाजन गरेको थियो ।

सन् १९९१ मा खाडी युद्धको समाप्त भएको थियो । इराकले संयुक्त राष्ट्रसङ्घले बनाएका सबै १२ प्रस्तावहरू स्वीकार गरेपछि खाडी युद्ध समाप्त भएको थियो । खाडी युद्धमा करिब ५० हजार बढी सेनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ७ : ३८ बजे

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई

अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान

भोजपुर- भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक