वडा अध्यक्ष आलेको चार दिनपछि शव भेटियो, आज शोक बिदा « Khabarhub

वडा अध्यक्ष आलेको चार दिनपछि शव भेटियो, आज शोक बिदा


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – देवघाट गाउँपालिका-३ का वडा अध्यक्ष कृतिमान आलेको भिरबाट लडेर मृत्यु भएको छ ।

चार दिनदेखि हराइरहेका वडा अअध्यक्षको शव आइतबार घरभन्दा माथि गोन्द्राङ्ग पाखा भन्ने भिरमा फेला परेको साराङघाट इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक एक नारायण आचार्यले बताए।

वडा अध्यक्षको निधनमा गाउँपालिकाले आज (सोमबार) शोक बिदा दिएको छ । वडा कार्यालयका कार्यालय सहायक अनिरुद्र काफ्लेका अनुसार वडाध्यक्ष आले बिहीवार बेलुका साढे ५ बजे कार्यालयको काम सकेर घर जान्छु भनी हिंडेका थिए ।

पार्टीको कामले बिहीबार दमौली जान लागेको भनेर घरबाट निस्किएकाले उनको त्यसदिन बेलुका खोजी नभएको परिवारले बताएको छ ।

तीन दिनदेखिको खोजीको क्रममा वडा अध्यक्षको शव आइतबार अपरान्ह ४ बजे गाउँलेहरूले फेला पारेका थिए । गाउँलेहरूले वडाध्यक्ष आलेको शव ५० मिटरभन्दा तल भिरबाट निकालेका थिए ।

घटनास्थलको सर्जिमिन मुचुल्कापछि शवको पोस्टमार्टमको लागि दमौली लगिएको प्रहरी नायव निरीक्षक एक नारायण आचार्यले बताए ।

नेपाली कांग्रेस देवघाट गाउँपालिका–३ वडा समितिको पूर्व सभापतिसमेत रहेका वडाध्यक्ष आले सरल र शान्त स्वभावका व्यक्ति थिए ।

विकास प्रेमी वडाध्यक्ष कृतिमान आलेको निधनले पार्टीले ठूलो क्षति व्यहोर्नु परेको नेपाली कांग्रेस देवघाट–३ वडा समिति सभापति गंगा विकले बताएका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  १२ : ०२ बजे

निर्वाचनमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेकको प्रभाव देखियो : डा. भट्टराई

नयाँदिल्ली– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा यही फागुन २१ गते

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको