वडा अध्यक्ष आलेको चार दिनपछि शव भेटियो, आज शोक बिदा | Khabarhub Khabarhub

वडा अध्यक्ष आलेको चार दिनपछि शव भेटियो, आज शोक बिदा


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – देवघाट गाउँपालिका-३ का वडा अध्यक्ष कृतिमान आलेको भिरबाट लडेर मृत्यु भएको छ ।

चार दिनदेखि हराइरहेका वडा अअध्यक्षको शव आइतबार घरभन्दा माथि गोन्द्राङ्ग पाखा भन्ने भिरमा फेला परेको साराङघाट इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक एक नारायण आचार्यले बताए।

वडा अध्यक्षको निधनमा गाउँपालिकाले आज (सोमबार) शोक बिदा दिएको छ । वडा कार्यालयका कार्यालय सहायक अनिरुद्र काफ्लेका अनुसार वडाध्यक्ष आले बिहीवार बेलुका साढे ५ बजे कार्यालयको काम सकेर घर जान्छु भनी हिंडेका थिए ।

पार्टीको कामले बिहीबार दमौली जान लागेको भनेर घरबाट निस्किएकाले उनको त्यसदिन बेलुका खोजी नभएको परिवारले बताएको छ ।

तीन दिनदेखिको खोजीको क्रममा वडा अध्यक्षको शव आइतबार अपरान्ह ४ बजे गाउँलेहरूले फेला पारेका थिए । गाउँलेहरूले वडाध्यक्ष आलेको शव ५० मिटरभन्दा तल भिरबाट निकालेका थिए ।

घटनास्थलको सर्जिमिन मुचुल्कापछि शवको पोस्टमार्टमको लागि दमौली लगिएको प्रहरी नायव निरीक्षक एक नारायण आचार्यले बताए ।

नेपाली कांग्रेस देवघाट गाउँपालिका–३ वडा समितिको पूर्व सभापतिसमेत रहेका वडाध्यक्ष आले सरल र शान्त स्वभावका व्यक्ति थिए ।

विकास प्रेमी वडाध्यक्ष कृतिमान आलेको निधनले पार्टीले ठूलो क्षति व्यहोर्नु परेको नेपाली कांग्रेस देवघाट–३ वडा समिति सभापति गंगा विकले बताएका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  १२ : ०२ बजे

सिजीका घरायसी सामाग्रीको दशैँ अफरमा १० ग्रामको सुनको सिक्का चितवनकी दामन्तीलाई 

काठमाडौं–  सिजी स्मार्ट डोमेस्टिक एप्लायन्स (एस डि ए) ले दशैँ,

उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

काठमाडौं–  सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको

घर जाने बाटोमा कहाँ चार्ज गर्न पाइन्छ बिजुलीगाडी ?

काठमाडौं – नेपाली बजारमा पछिल्लो समय विद्युतीय गाडी (इलेक्ट्रिक भेहिकल

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र

नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घद्वारा राहत सामग्री सहयोग

काठमाडौं– नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घले अविरल वर्षाबाट प्रभावित