आक्रमणमा संलग्न ४३ सय रुसी सैनिक मारिएको र २७ रुसी विमान खसालिएको युक्रेनको दाबी « Khabarhub

आक्रमणमा संलग्न ४३ सय रुसी सैनिक मारिएको र २७ रुसी विमान खसालिएको युक्रेनको दाबी


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनले आफ्नो देशमाथि आक्रमणमा संलग्न ४,३०० रुसी सैनिक मारि दिएको दाबी गरेको छ। युक्रेनी सहायक रक्षामन्त्रीले युद्धमा रुसको क्षतिको आँकडा फेसबुकमार्फत सार्वजनिक गर्दै युद्धको पहिलो तीन दिनको तथ्याङ्क भन्दै ४,३०० सैनिक मारिदिएको दाबी गरेकी हुन् ।

उनले सार्वजनिक गरेको क्षतिको विवरणअनुसार ४,३०० रुसी सैनिक मारिएको, २७ रुसी विमान खसालिएको, २६ हेलिकप्टर खसालिएको, १ सय ४६ ट्याङ्क ध्वस्त पारिएको, ७ सय ६ सशस्त्र सवारीसाधनमा क्षति पुराइएको, ४९ वटा रुसी तोप नष्ट पारिएको, एउटा हवाई रक्षा प्रणाली ध्वस्त पारिएको, ४ वटा रकेट प्रहार गर्नसक्ने प्रणाली नष्ट गरिएको दाबी गरिएको छ।

त्यस्तै ३० वटा सवारीसाधन, ६० वटा रुसी ट्याङ्कर, २ वटा ड्रोन र २ वटा डुङ्गा नष्ट पारिएको जनाएकी छन्।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  १२ : ४५ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस