युक्रेन आक्रमणमा बेलारुसले पनि रुसी सेनालाई सघाउन सेना पठाउने « Khabarhub

युक्रेन आक्रमणमा बेलारुसले पनि रुसी सेनालाई सघाउन सेना पठाउने


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युक्रेनमाथि आक्रमण जारी राखेको रुसी सेनालाई सघाउन बेलारुसले पनि युक्रेनमा आफ्नो सेना पठाउने तयारी गरेको छ।

द किएभ इन्डिपेन्डेन्टले विभिन्न स्रोतलाई उद्धृत गर्दै प्रकाशन गरेको समाचारअनुसार यसअघि देखी नै रुसी सेनालाई सहयोग गरिरहेको बेलारुसले युक्रेनमा आफ्नो सैनिक नै रुसी सेनाको सहयोगमा परिचालन गर्ने तयारी थालेको हो।

बेलारुस शितयुद्धको अन्त्यपछि रुसको साझेदार देश हो र रुसी सेनाले बेलारुसबाटै युक्रेनमाथी उत्तरी सीमाबाट आक्रमण जारी राख्दै आएका छन्।

आइतबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बेलारुसी राष्ट्रपति एलेक्सेन्डर लुकाशेन्कोसंग टेलिफोन वार्ता गर्दा बेलारुसले युक्रेन आक्रमणमा आफ्ना सैनिक परिचालन नगर्ने प्रतिबद्धता जनाएको समाचारहरू आएका थिए।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  १२ : ५४ बजे

अस्ट्रियालाई ३-० ले हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – मिकेल ओयार्जाबालको दुई गोल र पेड्रो पोरोको उत्कृष्ट

आज चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ – देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असार १९ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असार १९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १९ गते शुक्रबार सन् २०२६