उपत्यकाका ७ सम्पदा विश्वसम्पदा सूचीबाट हट्ने खतरा, डाक्टरविरुद्ध ४० उजुरी | Khabarhub Khabarhub

उपत्यकाका ७ सम्पदा विश्वसम्पदा सूचीबाट हट्ने खतरा, डाक्टरविरुद्ध ४० उजुरी


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको राजधानी दैनिकले उपत्यका सात सम्पदा विश्वसम्पदा सूचीबाट हट्ने जोखिमम रहेको भन्ने प्रमुख समाचार छापेको छ ।

विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदाहरुको पुनर्निमार्णमा आवश्यक मापदण्डलाई ख्याल नगरी निर्माण गरिंदा ती महत्वपूर्ण सम्पदा उच्च जोखिममा परेका छन् । जसका कारण काठमाडौं दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, पाटन दरबारस्क्वायर, स्वयम्भूनाथ, पशुपतिनाथ, बौद्धनाथ र चाँगुनारण विश्वसम्पदा सूचीबाट हट्ने खतरा बढेका उल्लेख गरेको छ ।

यसैगरी नेविसंघ अन्योल यथावत, म्याद थप कि विघटन ? भन्ने शीर्षकमा अर्को समाचार छापेको छ । नेविसंघ वर्तमान कार्यसमितिको म्याद सकिएर काम चलाउ बनिरहेको बेला पुनः माद थप्ने कि तदर्थ समिति बनाएर महाधिवेशनको जिम्मा दिने भन्ने विषयमा कांग्रेसभित्र विवाद देखिएको छ ।

यसैगरी अस्पतालमा उपचारका क्रममा चिकित्सकको लापरबाहीले विरामीको मृत्यु भएको खबर सार्वजनिक भइरहँदा आरोपित चिकित्सकविरुद्ध धमाधम उजुरी दर्ता हुन थालेको छ । यस वर्ष आरेपित डाक्टरविरुद्ध ४० वटा उजुरी परिसकेको छ । त्यस्तै पत्रिकाले आत्महत्याको त्रासदी शीर्षकमा सम्पादकीय लेखेको छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ६ : ०२ बजे

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा

विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौं – गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप