बेलारुसमा रुस र युक्रेनबीच शान्तिवार्ता सुरु « Khabarhub

बेलारुसमा रुस र युक्रेनबीच शान्तिवार्ता सुरु


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुसले युक्रेनमाथि आक्रमण गरेको पाचौँ दिन दुई देशबीच वार्ता शुरु भएको छ । बेलारुस र युक्रेनबीचको सीमाक्षेत्रस्थित एक गाउँमा दुई मुलुकका प्रतिनिधिमण्डलबीच वार्ता शुरु भएको हो । युद्ध अन्त्य गर्ने विषयमा वार्ता शुरु हुनुअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनालाई हतियार बिसाउन आग्रह गरेका थिए ।

वार्ताका क्रममा युक्रेनले दुई माग राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनको तर्फबाट सहभागी टोलीले रुसको तर्फबाट तत्काल युद्धविरामको घोषणा हुनु पर्ने र रुसी सेना युक्रेनबाट फिर्ता गर्नु पर्ने शर्त राखेको हो ।

युक्रेनले दुई शर्त राखेपछि वार्ताले सकारात्मक मोड लिने संभावना कम रहेको अधिकारीहरुले जनाएका छन् । युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले भने यसअघि नै वार्ताले सकारात्मक नतिजा दिनेमा आफुलाई विश्वास नभएको बताएका थिए । उनले विश्वास नभएपनि वार्ताका लागि टोली भने पठाएको प्रतिक्रिया दिएका थिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ५ : ५५ बजे

अस्ट्रियालाई ३-० ले हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – मिकेल ओयार्जाबालको दुई गोल र पेड्रो पोरोको उत्कृष्ट

आज चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ – देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असार १९ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असार १९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १९ गते शुक्रबार सन् २०२६