एससीसीको विरोधमा गरिएको बन्दले उदयपुर ठप्प « Khabarhub

एससीसीको विरोधमा गरिएको बन्दले उदयपुर ठप्प


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- प्रतिनिधि सभाबाट अमेरिकन सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गरेको विरोध गरिएको नेपाल बन्दले उदयपुर ठप्प भएको छ ।

एमसीसी तत्काल खारेज गर्नुपर्ने माग राख्दै नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सहित आठ राजनीतिक दल र संगठनले आज नेपाल बन्दको घोषणा गरेका छन् ।

नेपाली जनताको इच्छा विपरीत एमसीसी सरकारले पास गरेको भन्दै आक्रोशित बन्दकर्ताले लामो तथा छोटो दूरीको सवारी ठप्प गरेका छन् । बन्दकर्ताले सरकारी, निजी विद्यालय तथा क्याम्पस र उद्योग कलकारखानामा पुगी बन्दको उर्दी जारी गरेपछि सबै क्षेत्र ठप्प रहेको थियो ।

गाईघाट, कटारी, बेल्टार, रामपुर, मुर्कुचीलगायत आसपासका बजार र ग्रामीण क्षेत्रका पसलसमेत बिहानैदेखि ठप्प छन् । बन्दकर्ता बिहानैदेखि झण्डा र हातमा लाठी लिएर बजार बन्द गराउँदै हिँडेका थिए ।

सामान्य दुई पाङ्ग्रे सवारी र अत्यावश्यक सवारी बाहेक अन्य सबै सवारी साधन बिहानैदेखि चल्न सकेका छैनन् । एमसीसी राष्ट्रघाती सम्झौता भएकाले फिर्ता लिनु पर्ने नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलले बताए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ६ : ३९ बजे

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,

लियोनल मेस्सीले लिए अर्जेन्टिनाकाे राष्ट्रिय टोलीबाट संन्यास

काठमाडौं – अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेस्सीले अर्जेन्टिना राष्ट्रिय टोलीबाट

बाढीपीडितको राहत, उद्धार र पुनर्निर्माणका लागि एमालेद्वारा समिति गठन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रसुवाको भोटेकोशीमा आएको बाढीबाट