हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार « Khabarhub

हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा- संखुवासभाको भोटखोला गाउँपालिका-२ रुकुमाबाट हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार गरिएको छ । सुत्केरी व्यथा लागेको तीन दिनपछि एक सुत्केरीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो ।

भोटखोला गाउँपालिका-२ रुकुमाकी ३४ वर्षीया भुद रिन्जिन भोटेलाई सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको भोटखोला गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत फुर्पु भोटेले जानकारी दिए ।

सुत्केरीलाई व्यथा लागेको तीन दिनपछि हेलिकोप्टरबाट उद्धार गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भोटेले बताए । ३४ वर्षीया भोटे तीन दिन अघि सुत्केरी व्यथा लागेर रुकुमा सामुदायिक स्वास्थ्य इकाई भर्ना भएकी थिइन् ।

सामुदायिक स्वास्थ्य इकाईमा समेत उपचार हुन नसकेपछि चेपुवा स्वास्थ्य चौकी च्याम्ताङमा पठाइएको थियो । सुत्केरी भोटेको चेपुवा स्वास्थ्य चौकी च्याम्ताङमा समेत उपचार हुन नसकेपछि थप उपचारका लागि सोमबार हेलिकोप्टरमार्फत काठमाडौंको थापाथली प्रसूति गृहमा लगिएको निमित्त प्रमुख भोटेले बताए ।

दुर्गम क्षेत्रका ज्यान जाखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूलाई नि:शुल्क हवाई उद्धार गरी तोकिएका अस्पतालमा पुर्‍याउने व्यवस्था मिलाउने गरेको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत भोटखोला गाउँपालिकाबाट एक महिनाभित्र तीन जना सुत्केरी महिलाको उद्धार गरिसकिएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ७ : ३१ बजे

कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडाैं मार्गमा सवारी चाप

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको

भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग

कञ्चनपुर – कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीले भोटेकोशी बाढीपीडितका लागि रु

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ