माझी समुदायले मनाए कोशी पूजा « Khabarhub

माझी समुदायले मनाए कोशी पूजा


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – माझी समुदायले धुमधामका साथ मंगलबार कोशी (लदी) पूजा मनाएका छन् । खोला तथा नदी किनारमा कोशी (लदी) पूजा मनाइएको हो ।

माझी भाषामा लदी भन्नाले कोशी भन्ने बुझिन्छ । माझी समुदायले हरेक वर्ष फागुन तेस्रो मंगलबार यो पर्व मनाउँदै आएका छन् । माझी समुदायको पुर्खौली थलो कोशी किनार हो । विशेष गरी पानीको पूजा गर्ने भएकाले पनि यो समुदायले कोशी पूजालाई ठूलो पर्वको रुपमा लिने गर्छ ।

लदी पूजाका दिन सामुहिक रुपमा नदी किनारमा महादेव, मसान, बज्रको साथै ठूलो कोशीको पूजा गरिन्छ । बज्रको पुजा गर्दा घरमा चट्याङले नहान्ने जनविश्वास रहँदै आएको माझी समुदायका अगुवा बताउँछन् । पूजामा राँगा, बोका, सुँगुर, कुखुरा, अण्डा लगायतका फुल अक्षताको प्रयोग हुन्छ ।

माझी समुदायले लदीलाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने माग राखे पनि सरकारले सम्बोधन नगरेको नेपाल माझी उत्थान संघ उदयपुरका सचिव दिपक माझीले बताए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ७ : ३७ बजे

टिमुरे बगेको २० मिनेटपछि काठमाडौंमा खबर, पहिलो २ घण्टामा सरकारले के-के गर्‍यो ?

काठमाडौं – रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी

सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ दिएर हिलो सुकेपछि सकिएला

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण

यतिबेला हामीलाई विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर

सम्बोधन सक्नेबित्तिकै संसद्‍बाट हिँडे प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभामा आफ्नो सम्बोधन सकाएर निस्किएका छन्

बाढीबारे प्रधानमन्त्री- मानव सभ्यताले भोगेको ठूलो घटना हो, पूर्वजानकारी भएन

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले रसुवामा आएको विपत्तिको घटना अहिलेसम्मकै ठुलो