नारायणकाजी श्रेष्ठसँग विप्लवको भेटवार्ता « Khabarhub

नारायणकाजी श्रेष्ठसँग विप्लवको भेटवार्ता


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी सहायता (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएपछि नेकपा माओवादी केन्द्र विभाजन उन्मुख भएको छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी अनुमोदनमा सहमति जनाएसँगै नेता नारायणकाजी श्रेष्ठलगायतका केही नेताहरुले पार्टीभित्रै तीब्र असन्तुष्टि जनाइरहेका छन् । एमसीसी सम्झौता अनुमोदन गर्ने पार्टीको निर्णयमा श्रेष्ठ पक्षधर सांसदहरू गिरिराजमणि पोखरेल र अञ्जना विशंखेले फरक मत राखेका थिए। व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गरिएपछि नेता श्रेष्ठले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेका थिए।

उनै नेता श्रेष्ठसँग उनकैं निवास हात्तिवनमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बुधबार बिहान भेट गरेका छन् । भेटमा के कुरा भयो भन्ने सार्वजनिक भइसकेको छैन।

पार्टी फुटाउने सुइको पाएपछि म‌ंगलबार प्रचण्ड नै श्रेष्ठनिवास पुगेर फकाउने प्रयास गरेका थिए।

त्यसको भोलिपल्ट विप्लवले भेटेसँगै उनीहरुबीच कार्यगत एकता हुने त होइन भन्ने आश‌ंका बढेको छ।

विप्लव नेतृत्वको नेकपाले पनि एमसीसी पास गरेर दलहरुले राष्ट्रघात गरेको आरोप लगाउँदै आएको छ ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  १० : ४८ बजे

म्याक्रोनको बेलायत भ्रमण, ब्रेक्सिटपछि सम्बन्ध सुदृढ बनाउने प्रयास

लन्डन – फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ब्रेक्सिटपछि बेलायत र युरोपेली सङ्घ

रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभा बैठकमा राष्ट्रका नाममा सम्बोधन

नेपालले जलवायु परिवर्तनको क्षतिपूर्ति पाउनुपर्छ : जगदीश खरेल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले जलवायु परिवर्तनका कारण

रसुवा बाढीका बेपत्ताको पहिचानका लागि डीएनए नमुना संकलन (तस्बिरहरू)

काठमाडौं– रसुवा बाढीमा बेपत्ता भएकाहरूको पहिचानका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी

ग्लोबल आइएमई बैंकद्वारा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई आर्थिक वर्ष २०८२-८३