आन्तरिक विप्रेषणको सीमा घट्यो : राष्ट्र बैंक | Khabarhub Khabarhub

आन्तरिक विप्रेषणको सीमा घट्यो : राष्ट्र बैंक


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको सीमा घटाएको छ । केन्द्रीय बैंकले आजैदेखि लागू हुनेगरी रकम स्थानान्तरणको सीमा घटाएको हो ।

राष्ट्र बैंकले स्वदेशमा रकम स्थानान्तरण गर्नेसम्बन्धमा आज एक सूचना जारी गर्दै विप्रेषण कम्पनीका ‘सब एजेन्ट’ वा ‘सब रिप्रिजेन्टेटिभ’हरूले स्वदेशमा कारोबार गर्दा प्रतिव्यक्ति, प्रतिकारोबार प्रतिदिन रु २५ हजारसम्म मात्रै गर्न पाउने व्यवस्था गरेको छ ।

यसअघि यस्तो आन्तरिक विप्रेषण कारोबारको अधिकतम सीमा रु एक लाखसम्म थियो । केन्द्रीय बैंकले विदेशबाट नेपालस्थित सम्बन्धित व्यक्ति वा आफन्तलाई पठाएको विप्रेषण रकम नगदमै भुक्तानी गर्न सकिने सीमामा भने कुनै परिवर्तन नगरिएको जनाएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ७ : २९ बजे

सुधा शर्मालाई स्वास्थ्यमन्त्री नियुक्त गरिएकोमा नेपाल राष्ट्रिय चिकित्सक संघको आपत्ति

काठमाडौं–  नेकपा एमाले निकट नेपाल राष्ट्रिय चिकित्सक संघ (एनडान) ले

छठमा हिन्दू राष्ट्र माग्दै भीम पराजुलीले गरे २८औँ दण्ड प्रणाम यात्रा

काठमाडौं– कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले यस वर्षपनि छठ पूजाका

किरणको कटाक्ष- ‘प्रदेश सरकार हटाऔँ, क्याण्डीक्रस खेलेर दिन काट्ने सिंहदरबारका कर्मचारी घटाऔँ’

किरण राई (४०) दुई पटक भोजपुरको पौवादुङ्मा गाउँपालिका प्रमुख चुनिए

अदालतमा आगो लगाएपछि चौतारातिर खुल्यो ‘जनअदालत’

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका

किस्ट अस्पतालमा तोडफोड, मृतकका आफन्त र प्रहरीबीच घम्साघम्सी (तस्बिरहरू)

काठमाडौं– बिरामीको मृत्युलाई लिएर किस्ट अस्पतालमा तनाव भएको छ ।