आज २०७८ साल फागुन फागुन १९ गते बिहीबारको राशिफल | Khabarhub Khabarhub

आज २०७८ साल फागुन फागुन १९ गते बिहीबारको राशिफल


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ साल फागुन १९ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

फागुन १९ गते बिहीबार
मेष : दिन राम्रो छ। आम्दानी बढ्नेछ। अरु क्षेत्र सामान्य रहे पनि शिक्षामा राम्रो छ। पठनपाठनमा जोश बढ्नेछ।

वृष : दिन सामान्य राम्रो छ। स्वास्थ्य, सामाजिक, पारिवारिक क्षेत्र यथावत रहेपनि शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। शिक्षामा गरेको लगानीले फाइदा हुनेछ। प्रेममा सफलता मिल्नेछ।

मिथुन : दिन सामान्य छ। प्रतिस्पर्धी पराजित हुनेछन्। स्वास्थ्यमा गढबढी देखिने भएकाले खानामा ख्याल गर्नुहोला। प्रेममा धोका हुने भएकाले तर्क वितर्क नगर्नु राम्रो हुनेछ। वैदेशिक क्षेत्रमा राम्रो हुनेछ।
कर्कट : दिन सामान्य छ। लामो यात्रा नगर्नुहोला। पश्चिमतिरको यात्रा गर्दै नगर्नु। सवारी साधन चलाउनुहुन्छ भने सचेत हुनुपर्ने देखिन्छ। व्यापार व्यवसायमा आफन्तको सल्लाह लिएर अगाडि बढ्नुहोला।

सिंह : दिन राम्रो छ। सोचेका योजना सफल हुनेछन्। पारिवारिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेमी प्रेमिकाको सम्बन्ध सुमधुर हुनेछ। पढाइमा जोश बढेनेछ। प्रयास गरेमो सफलता मिल्ने देखिन्छ।
कन्या : दिन राम्रो छैन। आज ठूलाठूला योजनामा हात नहाल्नु राम्रो हुन्छ। खुट्टा तान्नेहरु सक्रिय भएकाले सचेत हुनुपर्ने देखिन्छ। अन्य क्षेत्र सामान्य भए पनि वेदेशिक क्षेत्रको लगानीले फाइदा हुनेछ।
तुला : दिन सामान्य छ। योजनाका साथ अगाडि बढे ठूलो सफलता हात लाग्नेछ। शिक्षामा निक्कै राम्रो हुनेछ। आफ्ना बन्धुसँगको सम्बन्ध रामे हुनेछ।
वृश्चिक : दिन राम्रो छ। मन खुशी रहनेछ। उल्लास थपिने छ। परिवारमा बढी तर्क वितर्क नगर्नुहोला। स्वास्थ्य अवस्था राम्रो देखिन्छ।

धनु : आजको दिन सामान्य छ। आफ्ना बोलीको प्रभावले गर्दा प्रतिस्पर्धीहरु निस्तेज हुनेछन्। तर्क गर्दा मानिसहरु प्रभावित हुनेछन्। प्रेममा धोका हुने देखिन्छ। वैदेशिक क्षेत्रको लगानीले फाइदा हुनेछ।

मकर : दिन सामान्य छ। धन पप्त हुने योग । आर्थिक लाभ हुने देखिन्छ। शैक्षिक क्षेत्र यथावत रहे पनि धार्मिक षेत्र र मरोपरकारमा मन जानेछ।

कुम्भ : दिन राम्रो छ। कामका लागि ऊर्जा मिल्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। यो दिन एउटा महत्वपूर्ण भएकाले तपाईंले शिक्षा क्षेत्रमा लगानी गर्दा फाइदा हुनेछ।

मिन : दिन राम्रो छ। तपाईंले गर्दै आएको दैनिकी सामान्य हसनेछन्। स्वास्थ्यमा गडबड आउने देखिन्छ। आफ्नो राम्रो ख्याल गर्नुहोला। आफ्ना प्रतिस्पर्धीलाई साइट लगाउने गणेश भगवानको स्मरण गर्नुहोला।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ५ : ४८ बजे

केन्टकीमा इन्धन बोकेको कार्गो विमान दुर्घटना

काठमाडौं – केन्टकीमा ठूलो मात्रामा इन्धन बोकेको कार्गो विमान दुर्घटनाग्रस्त

आज विश्व सुनामी सचेतना दिवस मनाइँदै

काठमाडौं – ‘सुनामी तयारीमा लगानी गरौँ’ नाराका साथ आज जापानलगायत

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने

बर्लिन – जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप तीन अर्ब

विश्वकप लिग-२: आज युएईसँग भिड्दै नेपाल

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलाको अन्तिम