स्थानीय तह निर्वाचनका लागि सरकारले निर्वाचन आयोगलाई ८ अर्ब ११ करोड दिने « Khabarhub

स्थानीय तह निर्वाचनका लागि सरकारले निर्वाचन आयोगलाई ८ अर्ब ११ करोड दिने


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानी तह निर्वाचन व्यवस्थापनको लागि अर्थ मन्त्रालयबाट ८ अर्ब ११ करोड रुपैयाँ बजेटको सुनिश्चितता प्राप्त गरेको छ । आयोगले बिहीबार एक विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो ।

यस्तै, आयोगले निर्वाचनको लागि तयार पारिएको मतदाता नामावलीमा कुनै त्रुटी भएको भए सच्याउन समेत सबैलाई आग्रह गरेको छ । आयोगले मतदाता नामावलीमा रहेको त्रुटी सच्याउने अवधि यही फागुन २० देखि २६ गतेसम्म निर्धारण गरेको छ ।

आयोगले निर्वाचनमा सहभागी हुने दलहरुको नामावली फागुन २६ गतेभित्र प्रकाशन गर्ने जनाएको छ ।

स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलहरुको निवेदनका सम्बन्धमा जाँचबुझ भइरहेको आयोगले बताएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ५ : ४५ बजे

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको

नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभिएल) को ट्रफी सार्वजनिक गरिएको छ

इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानलाई अर्को भेनेजुएला बनाउने प्रयास

अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका