नेपालमा आज : के-के भयो दिनभर ? | Khabarhub Khabarhub

नेपालमा आज : के-के भयो दिनभर ?


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आ–आफ्नो दलमा छलफल गरेर सत्ता गठबन्धनले चुनावी तालमेलबारे निर्णय लिने

सत्तारुढ गठबन्धनले आगामी स्थानीय तहको चुनावमा तालमेलको लागि आ–आफ्नो दलभित्र छलफल गरेर मात्रै निर्णय लिने भएको छ ।आज बिहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको चार दलीय गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो । आजको बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमाललेलाई संसद अवरोध नगर्न आग्रह गर्ने निर्णय पनि गरेको छ । संसद लामो समयदेखि अवरुद्ध हुँदा नागरिकतालगायतका विधेयक रोकिएकाले एमालेसँग छलफल गर्ने निर्णय गरेको सञ्चार मन्त्री एवं काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । त्यस्तै, सञ्चारमन्त्री कार्कीले एमसीसी परियोजनालाई ५ वर्षभित्रै सक्ने सरकारको लक्ष्य रहेको जानकारी दिए ।

मतदाता नामावलीमा रहेको त्रुटि फागुन २० देखि २६ गतेसम्म सच्याउन सकिने

निर्वाचन आयोगले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि तयार पारिएको मतदाता नामावलीमा त्रुटि भएको भए सच्याउन आग्रह गरेको छ । मतदाता नामावली सच्याउने अवधि यही फागुन २० देखि २६ गतेसम्म निर्धारण गरिएको आयोगले जनाएको छ । आयोगले आज विज्ञप्ति जारी गरी कसैले झुटृा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिन पनि आग्रह गरेको छ ।

स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयले छुट्यायो ८ अर्ब ११ करोड रुपैयाँ

अर्थ मन्त्रालयले स्थानीय तहको निर्वाचनका लागि ८ अर्ब ११ करोड रुपैयाँ छुट्याएको छ । निर्वाचन आयोगले ८ अर्ब ९५ करोड रुपैयाँ बजेट माग गरेकोमा केही शीर्षकको बजेट घटाएर मन्त्रालयले ८ अर्ब ११ करोड बजेट छुट्याएको हो । आयोगले माग गरेकोमध्ये सूचना प्रविधि, मतपत्र ढुवानी र विद्युतीय मतदान मेसिनलगायतका शीर्षकमा बजेट दिइएको छैन । मत्रपत्र ढुवानीमा सरकारले नै सेनासँग समन्वय गर्ने भएकाले बजेट निकासा नगरिएको अर्थ मन्त्रालय जनाएको छ । निर्वाचन आयोगले विद्युतीय मतदानका लागि १ करोड रुपैयाँ माग गरेको थियो ।

पछिल्लो २४ घण्टामा नेपालमा १०५ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । त्यस्तै थप ३ सय २० जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ५७ हजार ८ सय ८ जना निको भएका छन् । हाल नेपालमा ७ हजार ५ सय १७ सक्रिय संक्रमित आइसाेलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

एमसीसी विारोधी मोर्चा बनाउने विषयमा आफू सकारात्मक रहेको एमाले नेता रावलको भनाइ

नेकपा एमालेका नेता भीम रावलले स्वाधिनताका लागि सबै देशभक्त एक हुने र मोर्चा बनाउने विषय सकारात्मक रहेको बताएका छन् । आज काठमाडौँमा नेकपा एमाले अछाम काठमाडौँ सम्पर्क मञ्चको ११ औँ सम्मेलन उद्घाटन गर्दै राववले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मासँग भेटवार्ता भएको र सबै देशभक्त एक हुने र मोर्चा बनाउने उनीहरूको प्रस्ताव सकारात्मक रहेको बताएका हुन् । उनले एमसीसी पारित भएसँगै नेपालको आत्मनिर्णयको अधिकारमाथि गम्भीर धक्का लागेको धारणा राखे ।

व्याख्यात्मक घोषणा एमसीसीको अंग नभएको राष्ट्रिय प्रजातन्त्र पार्टीको निष्कर्ष

राष्ट्रिय प्रजातन्त्र पार्टीले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने क्रममा सँगसँगै पारित गरिएको व्याख्यात्मक घोषणा सम्झौताको अंग नरहेको निष्कर्ष निकालेको छ । हिजो र आज बसेको पार्टीको केन्द्रीय कार्यसमिति वैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकपछि प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तिमा व्याख्यात्मक घोषणा एमसीसीको कानूनी अंग नभएको राप्रपाको निष्कर्ष रहेको उल्लेख छ ।

एमसीसीको विरोधमा संयुक्त जनआन्दोलनले खुलामन्चमा आमसभा गर्ने

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताविरुद्ध संयुक्त जनआन्दोलनले काठमाडौंमा बृहत विरोधसभा गर्ने भएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जनआन्दोलनले एमसीसीविरुद्ध काठमाडौंको इन्द्रचोकमा फागुन २३ गते साढे १ बजे हुने विरोध सभामा सहभागी हुन आव्हान गरेको छ । संयुक्त जनआन्दोलनले एमसीसी सम्झौता खारेज नभएसम्म आन्दोलन जारी राख्ने पनि जनाएको छ ।

नेपाली नागरिकको उद्धारमा भारतले सघाउने

रुसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनमा रहेका नेपालीलाई अन्य मुलुक हुँदै नेपाल फर्काउन भारतले सघाउने भएको छ । नयाँदिल्लीस्थित नेपाली राजदूतावासको आग्रहमा भारतले युक्रेनको सीमा क्षेत्रबाट हंगेरी, रोमानिया, स्लोभाकिया र पोल्यान्डमा पुगेका नेपालीहरूलाई घर फर्काउनका लागि सघाउने पुर्‍याउने भएको हो । युक्रेनमा थप युद्ध चकर्ने भएपछि नेपालले दिल्ली राजदूतावासमार्फत ४ दिन अघि नै सहयोग गरिदिन भारतलाई आग्रह गरेको थियो ।

प्रधानन्याधिशविरुद्धको महाअभियोग पारित गर्न बारको माग

नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धको महाअभियोगको प्रस्ताव पारित गर्न माग राखेको छ । एशोसिएशनको अखिल नेपाल कानुन व्यवसायीको १५ औं राष्ट्रिय सम्मेलनले जारी गरेको घोषणापत्रका बारेमा जानकारी दिन आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बारले राणामाथि लगाइएको महाअभियोगको प्रस्तावलाई स्वागत गर्दै प्रस्तावमाथि यथाशिघ्र कारबाही प्रारम्भ गरी पारित गर्न माग गरेको हो ।

टेस्टट्युब बेबी सेन्टर’ संचालन गर्न मन्त्रालयमा दर्ता हुनुपर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इजाजत पत्र नलिई सञ्चालनमा रहेका टेस्टट्युब बेबी सेवा अर्थात इन्भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेन्टरहरूलाई दर्ता प्रक्रियामा आउन सूचना जारी गरेको छ । सञ्चालनका लागि अनुमति लिने वा नलिने सेन्टरहरुहरुलाई १५ दिनभित्र मन्त्रालयमा निवदेन दिनुपर्ने निर्देशन दिइएको छ । सो अवधिभित्र दर्ता प्रक्रियामा नआए कानुनबमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ । नेपालमा सञ्चालन भएका अधिकांश टेस्टट्युब बेबी सेवा अर्थात आईभीएफ सेवा दिने स्वास्थ्य संस्थाहरू बिनाइजाजत सञ्चालन भइरहेका छन् ।

नोबेलका १० विद्यार्थीले सुरु गरे माइतीघरमा अनसन

कलेज स्थानान्तरणको माग गरेका नोबेल मेडिकल कलेजका १० जना एमबीबीएस अध्ययनरत विद्यार्थीले काठमाडौंमा रिले अनसन सुरु गरेका छन् । अतिरिक्त शुल्क लिएको विरोधमा कलेजविरुद्ध आन्दोलन गरेका उनीहरुले आफूहरुलाई नोबेलमा सुरक्षा खतरा रहेको भन्दै अन्य कलेजमा स्थनान्तरण गरिदिन चिकित्सा शिक्षा आयोग लगायतका निकायसँग माग गरेका थिए । तर माग सुनुवाइ नभएपछि रिले अनसनमा बसेको विद्यार्थीले बताएका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ९ : १५ बजे

दशैँमा कसरी हुँदैछ बिजुली व्यवस्थापन ?

काठमाडौं – सरकारले दशैँको अवधिभर गुणस्तरीय र भरपर्दो विद्युत सेवा

स्वादे जिब्रोको परिणाम : दुई महिनामै १९ करोडको मसला खपत

काठमाडौं – खाना खाँदा तरकारी मसालेदार भएन भने नेपालीलाई स्वाद

ओलम्पिकमा पदक खोसिएकी पोगात जम्मु काश्मिरकी सांसद

काश्मीर – जुलाई महिनामा पेरिसमा भएको ओलम्पिक खेलकुदमा वजन विवादका

आज विश्व हुलाक दिवस मनाइँदै

काठमाडौं– आज विश्व हुलाक दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना

हुलाक सेवालाई विद्युतीय व्यापार केन्द्र बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल हुलाक