राजसंस्था र हिन्दू राष्ट्रका लागि आन्दोलन गर्ने राप्रपाको निर्णय « Khabarhub

राजसंस्था र हिन्दू राष्ट्रका लागि आन्दोलन गर्ने राप्रपाको निर्णय


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ –  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापनाका लागि आन्दोलन गर्ने निर्णय गरेको छ । त्यसका लागि राप्रपाले तयारी समितिसमेत गठन गरेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बुधबार र बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापनाका लागि आन्दोलन गर्न समिति गठन गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

आन्दोलन तयारीका लागि महामन्त्री डा. धवलशम्शेर राणाको संयोजकत्वमा समिति गठन गरिएको छ ।

केन्द्रीय कार्यसमितिको बैठकको निर्णयमा भनिएको छ, ‘राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापना, भ्रष्टाचार विरुद्ध र जनजीविकाको सवालमा जनसङ्घर्ष गर्न महामन्त्री डा. धवलशम्शेर राणाको संयोजकत्वमा आन्दोलन तयारी समिति गठन गर्ने निर्णय गरिएको छ ।’

यस्तै बैठकले आइतबार संसदबाट पारित भएको एमसीसीको व्याख्यात्मक घोषणा यसको अङ्ग नभएको भन्दै बिरोध गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  १० : ०९ बजे

सीको जोड : बलियो सेना, भ्रष्टाचार नियन्त्रण र ताइवानसँग एकीकरण

बेइजिङ- चिनियाँ राष्ट्रपति सी जिनपिङले देशको रक्षा क्षमता थप सुदृढ बनाउने,

सञ्चारमन्त्रीसँग नेपालका लागि अस्ट्रेलियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि अस्ट्रेलियाका

सार्वजनिक खरिदको नयाँ विधेयकमा ३० प्रतिशत कमको प्रस्ताव अमान्यदेखि श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गर्नुपर्नेसम्म

काठमाडौं– नेपालको विकास निर्माण तथा सार्वजनिक खरिदको मेरुदण्ड मानिने सार्वजनिक

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या

राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय ध्वजावाहक