'वर्तमान सरकारले जनतालाई दिनहुँ झुक्याइरहेको छ' | Khabarhub Khabarhub

‘वर्तमान सरकारले जनतालाई दिनहुँ झुक्याइरहेको छ’


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले लोकतान्त्रिक पद्धतिको बाटोमा हिँड्न सरकारलाई आग्रह गरेका छन् । नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत नेपाल विद्यार्थी सङ्घले बाँकेको कोहलपुरमा आयोजना गरेको सभामा साउदले वर्तमान सरकारले जनतालाई दिनहुँ झुक्याइरहेको बताए ।

कांग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले लोकतन्त्रको विधि र प्रक्रिया मिचेर सरकारले जनताको स्वतन्त्रता मास्न खोजेको आरोप लगाए ।

उनले कांग्रेस रहेसम्म मुलुकको लोकतान्त्रिक पद्धति र नागरिक स्वतन्त्रता कसैले मास्न नसक्ने बताए । सभामा कांग्रेस केन्द्रीय सदस्य डिला सङ्ग्रौला, किरण कोइराला, नेताहरु चन्द्रसिंह भण्डारी, सञ्जय गौतमलगायतले आ–आफ्नो धारणा राखेका थिए।

सो अवसरमा सशस्त्र द्वन्द्वका समयमा तत्कालीन माओवादीबाट हत्या गरिएका कांग्रेस कार्यकर्ता कोहलपुरका चोपबहादुर खत्री र जागेश्वर थारुको नाममा एक/एक लाखको अक्षय कोष स्थापना गरिएको थियो ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ८ : २६ बजे

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

तनहुँ – तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

खडेरीपछिको वर्षाले किसानलाई राहत

धनुषा – लामो समयको पर्खाइपछि वर्षा हुँदा धनुषाका किसानलाई राहत

तायाःमचा नृत्यको प्रचारप्रसारका लागि नृत्य प्रतियोगिता

कास्की – नेवार समुदायमा प्रचलित तायाःमचा नृत्य यो समुदायमा मात्र

गुणस्तरीय शिक्षाका लागि गरिएको लगानीले वर्षौँपछि प्रतिफल दिन्छ  : एनपी साउद

कञ्चनपुर– नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले गुणस्तरीय शिक्षाका