‘वर्तमान सरकारले जनतालाई दिनहुँ झुक्याइरहेको छ’ « Khabarhub

‘वर्तमान सरकारले जनतालाई दिनहुँ झुक्याइरहेको छ’


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले लोकतान्त्रिक पद्धतिको बाटोमा हिँड्न सरकारलाई आग्रह गरेका छन् । नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत नेपाल विद्यार्थी सङ्घले बाँकेको कोहलपुरमा आयोजना गरेको सभामा साउदले वर्तमान सरकारले जनतालाई दिनहुँ झुक्याइरहेको बताए ।

कांग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले लोकतन्त्रको विधि र प्रक्रिया मिचेर सरकारले जनताको स्वतन्त्रता मास्न खोजेको आरोप लगाए ।

उनले कांग्रेस रहेसम्म मुलुकको लोकतान्त्रिक पद्धति र नागरिक स्वतन्त्रता कसैले मास्न नसक्ने बताए । सभामा कांग्रेस केन्द्रीय सदस्य डिला सङ्ग्रौला, किरण कोइराला, नेताहरु चन्द्रसिंह भण्डारी, सञ्जय गौतमलगायतले आ–आफ्नो धारणा राखेका थिए।

सो अवसरमा सशस्त्र द्वन्द्वका समयमा तत्कालीन माओवादीबाट हत्या गरिएका कांग्रेस कार्यकर्ता कोहलपुरका चोपबहादुर खत्री र जागेश्वर थारुको नाममा एक/एक लाखको अक्षय कोष स्थापना गरिएको थियो ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ८ : २६ बजे

पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई विशेष अदालतले

बालुवाटारमा बालेन-रविको साउती : छलफलमा धेरै एजेन्डा, सहमति शून्य

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति

कार्यदलको प्रतिवेदनले ओलीलाई तनाव, भने- यो मलाई चाहिँदैन, पढ्नु पनि छैन

काठमाडौं- गत फागुन २१ को चुनावी धक्कापछि नेकपा एमालेभित्र सुरु

ग्यास आपूर्तिको समस्या समाधान गर्न कांग्रेसको माग

काठमाडौं– नेपाली कांग्रेसले ग्याँसको सहज बजारीकरणमा देखिएको समस्या समाधान गर्न