रंगशालाको बार भत्काएको आरोपमा पक्राउ परेका १४ जना छुटे, ४ जना थुनामै | Khabarhub Khabarhub

रंगशालाको बार भत्काएको आरोपमा पक्राउ परेका १४ जना छुटे, ४ जना थुनामै


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– धुर्मुश सुन्तली फाउन्डेसनले निर्माण थालेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सुरक्षाका लागि लगाइएको बार भत्काएको आरोपमा पक्राउ परेका १८ जनामध्ये १४ जना छुटेका छन् ।

अभद्र व्यवहार गरेको आरोपमा मुद्दा चलाइकामध्ये १४ जना हाजिरी जमानीमा छुटेका हुन् । मुख्य आरोपित प्रकाश कँडेलसहित भैरव वस्ताकोटी, सुरेन्द्र विक र ध्रुब चापागाई भने थुनामै रहेका छन् ।

हाजिरी जमानीमा छुटेकाहरुमा तुलसी गुरुङ, देव तामाङ, राजन सापकोटा, सन्जु गुरुङ, कृष्ण कँडेल, दिपक आचार्य, राजु सापकोटा, देव गुरुङ, विपिन भट्टराई रहेका छन् । त्यस्तै महिलाहरु पारु परियार, यसोदा पौडेल, कोपिला सापकोटा, ईश्वरी माया तामाङ र मन्जु चापागाई रहेका छन् ।

स्थानीयले भत्काइएको बार ठड्याएसँगै धुर्मुस सुन्तली फाउण्डेसनले रंगशाला निर्माणको कामलाई सुचारु गरेको छ ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ८ : ३० बजे

चितवन कारागारका ५४ कैदीबन्दी फर्किए

भरतपुर– चितवनको भरतपुर कारागारबाट भागेका कैदीबन्दी फर्किन थालेका छन् ।

सहमतिबाट मात्र निकास सम्भव छ : झलनाथ खनाल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री

भारतबाट फर्केका यात्रु बीच बाटोमै लुटिए

कञ्चनपुर– भारतको उत्तराखण्ड टेहरीगढवालबाट फर्कँदै गरेका यात्रु बिहीबार बीच बाटोमै

एसिया कप : बंगलादेशको विजयी सुरुवात, हङकङ ७ विकेटले पराजित

काठमाडौं – एसिया कप क्रिकेटमा बङ्गलादेशले विजयी सुरुवात गरेको छ।

सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति: संविधानविद्सँग आज थप छलफल गर्दै राष्ट्रपति

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल आन्दोलनकारी जेन–जी पुस्ताको माग बमोजिम