माओवादी केन्द्रको बैठक आज, यस्ता छन् एजेण्डा « Khabarhub

माओवादी केन्द्रको बैठक आज, यस्ता छन् एजेण्डा


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ ।

माओवादी पार्टी कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक बिहान ११ बजेदेखि राष्ट्रिय सभागृहमा सुरु हुनेछ ।

११ देखि १८ पुसमा सम्पन्न माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनले पदाधिकारी चयनको अधिकार केन्द्रीय कमिटीलाई दिएको थियो। माओवादीले २४७ सदस्यीय केन्द्रीय कमिटी चयन गरिसकेको छ ।

अब केन्द्रीय कमिटी बैठकले वर्तमान राजनीतिक घटनाक्रमबारे समीक्षा गर्दै पदाधिकारी चयनबारे छलफल गर्ने नेता गणेश साहले जानकारी दिए ।

माओवादिमा स्थायी कमिटी, पोलिटब्युरो, नेताको जिम्मेवारी बाँडफाँट, केन्द्रीय कमिटीलाई पूर्णता दिन बाँकी नै छ ।

माओवादी केन्द्रमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना महासचिव, दुईजना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ७ : २९ बजे

सुस्तावासीको माग- भारतको सामना गर्न लालपुर्जा, नागरिकता र ’जङ्गे पिलर’ देऊँ

काठमाडौं– नवलपरासी सुस्ता क्षेत्रका बासिन्दाले आफूहरू नेपाली नागरिक भएको प्रमाणपत्र

लुम्बिनीमा कांग्रेस इतर पक्षको भेला

काठमाडौं- नेपाली कांग्रेस इतर समुहको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा

सभामुख डीपी अर्यालद्वारा नागढुंगा सुरुङमार्गको निरीक्षण (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले नागढुंगा सुरुङमार्गको निरीक्षण गरेका छन्

‘ह्यासमेन्ट महसुस’ गरेको घटनामा प्रहरीले असहयोग गरेको नायिका उषाको गुनासो

काठमाडौं- संजोक कार्की नाम एक युवाले राति बारम्बार कल गरेको

ओलीको दाबी- सरकारको हस्तक्षेपका कारण एन्फा कारबाहीमा परेको हो 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भाद्र २३ र