महोत्तरीका चार भट्टीपसलमा प्रहरीको छापा « Khabarhub

महोत्तरीका चार भट्टीपसलमा प्रहरीको छापा


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – प्रहरीले बिहीबार राति महोत्तरीका चार भट्टी पसलमा छापा हानेर घरेलु मदिरा जफत गरी नष्ट गरेको छ ।

भट्टी पसलमा अवैध रुपमा मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा बल्वा नगरपालिकास्थित प्रहरी टोलीले झण्डै ६५० लिटर कच्चा पदार्थ र एक सय लिटर मदिरा नष्ट गरेको हो ।

विनोद साह, अरुण चौधरी, श्याम महतो र दिलीप साहले सञ्चालन गरेको भट्टी पसलबाट मदिरा र कच्चा पदार्थ जफत गरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए ।

चारै जना भट्टी पसल संचालकलाई अ्बदेखि मदिरा उत्पादन नगर्ने सर्तमा स्थानीय जनप्रतिनिधि र स्थानीयको रोहबरमा छाडिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ९ : ५० बजे

ठमेलको क्यासिनो भारतीय गिरोहको अपराध अखडा : चुम्बकीय तास र विशेष लेन्सको सहयोगमा गर्थे ठगी

काठमाडौं– ठमेलस्थित छाया सेन्टरको वाल्डो डाइनास्टिक इन्टरटेनमेन्ट प्रालिमा सञ्चालित क्यासिनो

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्न राष्ट्रिय अभियान सुरु 

काठमाडौं– नेपालमा कार्यरत लाखौँ अनौपचारिक र स्वरोजगार श्रमिकहरूलाई सामाजिक सुरक्षाको घेराभित्र

रास्वपाको कार्यालयमा पुग्यो उच्चस्तरीय राजनीतिक वार्ता टोली

काठमाडौं– उच्चस्तरीय राजनीतिक वार्ता समितिले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी  कार्यालयको

आत्मनिर्भर बनाउन सीप सिकाउँदै रामपुर

तानसेन– यहाँको रामपुर नगरपालिकाले नगरवासीलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम

भेडेटारमा पुस १६ देखि १८ गतेसम्म खाना महोत्सव आयोजना हुने

काठमाडौं– धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटारमा पुस १६ देखि १८