ट्रिपरको ठक्करबाट साइकलयात्रीको ज्यान गयो « Khabarhub

ट्रिपरको ठक्करबाट साइकलयात्रीको ज्यान गयो


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – रुपन्देहीको सैनामैना नगरपालिका–४ रन्यौरामा बिहीबार साँझ ट्रिपरको ठक्करबाट साइकलमा सवार एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् ।

लु २ ख ४३२६ नम्बरको ट्रिपरले सैनामैना नगरपालिका–७ देउपारका २७ बर्षीय बद्रि चौधरी, उनकी २६ बर्षीया श्रीमती दिल कुमारी चौधरी र ४ बर्षीया छोरी जेनिशा चौधरी सवार साइकललाई बिहीबार साँझ साढे ५ बजे ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते भएका चौधरी परिवारलाई उपचारको लागि साझा अस्पताल बुटवल पठाइएकोमा दिल कुमारीको उपचारको क्रममा मृत्यु भएको हो ।

अन्य घाइतेको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीले जनाएको छ । ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  १२ : २५ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,