कृषि कम्पनीमा जोडिए पंकज त्रिपाठी « Khabarhub

कृषि कम्पनीमा जोडिए पंकज त्रिपाठी


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलिउड अभिनेता पंकज त्रिपाठी एक निजी कृषि कम्पनीमा अनुबन्धित भएका छन् । यो कम्पनी कृषि नेटवर्क नामक एग्रीटेक एप चलाउँछ । कम्पनीले पंकजलाई ब्राण्ड एम्बासडरका रुपमा नियुक्त गरेपछि उनले ‘अज्ञात पूँजी’ कम्पनीमा लगानी गरेका छन् ।

कम्पनीले पंकजसँगको सहकार्यले जनतासम्म पुग्न र जमिनको स्तरमा किसानलाई जोड्न सहयोग पुग्ने विश्वास लिएको छ । पंकजले आफ्नो पृष्ठभूमि किसान परिवारसँग जोडिएकाले किसानसँग नजिक रहेर काम गर्न पाउँदा खुशी लागेको बताए ।

‘एक किसान परिवारमा जन्मिएर हुर्किनुले मैले अधिकतम जीवन कृषि र त्यससँग जोडिएर बनेका कामसँग परिचित छु । म जहिल्यै जमिनस्तरमा भारतीय किसानहरुको अगाडि आएका समस्याप्रति जानकार छु । सही जानकारीका अभावले किसानमा अनेक समस्या आएकाले उनीहरुलार्य शिक्षित गर्नु मेरो कर्तव्य हो’, उनले भनेका छन् ।

कामको कुरा गर्दा पंकज चाँडै नै आफ्नो लोकप्रिय कमेडी फ्रेञ्चाइजी ‘फुकरे’को तेस्रो संस्करणमा देखिँदैछन् । यसबाहेक उनी ‘क्रिमिनल जस्टिस’को तेस्रो सिरिजमा माधव मिश्राको चरित्रमा देखिँदैछन् । उनी ‘शेरदिल, ‘ओ माई गड २’ र ‘बच्चन पाण्डे’ जस्ता फिल्ममा देखिँदैछन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  १२ : ५७ बजे

ठमेलको क्यासिनो भारतीय गिरोहको अपराध अखडा : चुम्बकीय तास र विशेष लेन्सको सहयोगमा गर्थे ठगी

काठमाडौं– ठमेलस्थित छाया सेन्टरको वाल्डो डाइनास्टिक इन्टरटेनमेन्ट प्रालिमा सञ्चालित क्यासिनो

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्न राष्ट्रिय अभियान सुरु 

काठमाडौं– नेपालमा कार्यरत लाखौँ अनौपचारिक र स्वरोजगार श्रमिकहरूलाई सामाजिक सुरक्षाको घेराभित्र

रास्वपाको कार्यालयमा पुग्यो उच्चस्तरीय राजनीतिक वार्ता टोली

काठमाडौं– उच्चस्तरीय राजनीतिक वार्ता समितिले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी  कार्यालयको

आत्मनिर्भर बनाउन सीप सिकाउँदै रामपुर

तानसेन– यहाँको रामपुर नगरपालिकाले नगरवासीलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम

भेडेटारमा पुस १६ देखि १८ गतेसम्म खाना महोत्सव आयोजना हुने

काठमाडौं– धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटारमा पुस १६ देखि १८