पत्रकारिता क्षेत्र आफैँमा मर्यादित तथा विश्वसनीय हुनुपर्छ: मन्त्री थापा « Khabarhub

पत्रकारिता क्षेत्र आफैँमा मर्यादित तथा विश्वसनीय हुनुपर्छ: मन्त्री थापा


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी- गण्डकी प्रदेशका कानून सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले प्रदेशमा ल्याउन लागिएको कानून सञ्चार क्षेत्रमैत्री हुने बताएका छन् ।

नेपाल प्रेस युनियन कास्की शाखाद्वारा आज आयोजित उत्कृष्ट सदस्य अवार्ड वितरण एवं सम्मान कार्यक्रममा सम्बद्ध पक्षसँग छलफल एवं अन्तक्रियामार्फत कानूनलाई अन्तिमरुप प्रदान गरिने छ उनले भने ।

 समाजका सत्य तथ्य घटनालाई बाहिर ल्याउने पत्रकारिता क्षेत्र आफैँमा मर्यादित तथा विश्वसनीय हुनुपर्नेमा जोड दिँदै मन्त्री थापाले यस संस्थाले सञ्चालन गरिरहेको आधारभूत पत्रकारिता तालिमले दक्ष जनशक्ति बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

उनले  विजय नेपालीलाई उत्कृष्ट सदस्य अवार्ड प्रदान गर्नाका साथै गण्डकी प्रदेश प्रमुखका प्रेस संयोजक माधव रेग्मीलाई सम्मान गरेका थिए । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले पत्रकारिता पेशालाई जिम्मेवार र व्यावसायिक बनाउन सकेमा मात्र आम सर्वसाधारणको विश्वास यस क्षेत्रले जित्नसक्ने बताएका छन्। नेपाली कांग्रेस कास्की शाखाका कोषाध्यक्ष माइकल कर्माचार्यले समाचार सत्यतथ्यमा आधारित हुनुपर्नेमा जोड दिए  

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  २ : ३५ बजे

रायोको सागमा भेटियो अत्यधिक मात्रामा विषादी 

काठमाडौं– कालिमाटीमा भक्तपुरबाट ल्याएको रायोको सागमा अत्यधिक विषादी देखिएको छ

पहिराले कान्ति लोकपथ अवरुद्ध

मकवानपुर– हेटौँडा–काठमाडौँ सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका–८ स्थित भरेङडाँडामा बिहानैदेखि यातायात

पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध

खलङ्गा– दार्चुलाको पनेबाज क्षेत्रस्थित तेर्छालेकमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गत दार्चुला–गोकुलेश्वर

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा  सडक अनुशासन पालना नगर्ने

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट

काभ्रेपलाञ्चोक– काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा