कांग्रेस बाँकेमा नेतृत्वका लागि पुनःमतदान « Khabarhub

कांग्रेस बाँकेमा नेतृत्वका लागि पुनःमतदान


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- नेपाली कांग्रेस बाँकेमा नयाँ नेतृत्वका लागि आज पुनःमतदान भएको छ । बिहीबार सम्पन्न भएको मतदानमा सभापति पदका लागि नारायणप्रसाद गौडेल, बादशाह कुर्मी र सुरेन्द्रबहादुर हमालबीच प्रतिस्पर्धा भएको थियो ।

तीन जना उम्मेदवारमध्ये कसैले पनि कूल खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि आज पुनः दोस्रो चरणको मतदान भएको निर्वाचन अधिकृत उदयमणि आचार्यले जानकारी दिए ।

उनका अनुसार सभापति पदका लागि बिहान १० बजेदेखि मतदान सुरु भएको छ । कांग्रेसको १४औँ जिल्ला अधिवेशनमा कूल एक हजार ४९३ मतदाता छन् । बिहीबार सम्पन्न भएको मतदानअन्तर्गत उपसभापति, सचिव, सहसचिव, कार्यसमिति सदस्य र महासमिति सदस्य पदको मतपेटिकालाई जिल्ला समन्वय समितिमै प्रहरीको सुरक्षामा राखिएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  २ : ५६ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा