धादिङमा तीन सय रोपनीमा लगाइएको अफिम नष्ट « Khabarhub

धादिङमा तीन सय रोपनीमा लगाइएको अफिम नष्ट


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङको बेनिघाट रोराङ गाउँपालिका–१ सिमटार, जरुङ र ब्रम्दी क्षेत्रमा लगाइएको अफिम खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ ।

करिब ३ सय रोपनी जग्गामा लगाइएको अफिम बिहीबार नष्ट गरिएको प्रहरीले जनाएको हो ।

जिल्ला सुरक्षा समितिको बुधबारको निर्णयअनुसार ‘वस्ती वस्तीमा संयुक्त गस्ती’ अभियानअन्तर्गत अफिम नष्ट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङ, ईलाका प्रहरी कार्यालय गजुरी र सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म धादिङबाट खटिएको संयुक्त टोलीले खेती नष्ट गरेको छ ।

साथै, प्रहरीले बारीमा लुकाई राखिएको करिब ५० केजी गाँजा समेत जलाएर नष्ट गरेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ३ : ५९ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा