बुढानीलकण्ठबाट सम्पर्कविहिन बालिका मसाज सेन्टरमा भेटिए | Khabarhub Khabarhub

बुढानीलकण्ठबाट सम्पर्कविहिन बालिका मसाज सेन्टरमा भेटिए


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  काठमाडौँको बुढानीलकण्ठबाट सम्पर्कविहिन भएका तीन बालिका मसाज सेन्टरमा भेटिएका छन् । यही १६ गते विद्यालय जाने भनी घरबाट निस्किएका उनीहरू काठमाडौँको बौद्धस्थित मसाज सेन्टरमा काम गर्दै गरेको अवस्थामा फेला परेका महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

बुढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलस्थित बसपार्क नजिकै डेरा गरी बस्ने उनीहरू स्थानीय विद्यालयमा कक्षा–७ मा अध्ययनरत छन् । फागुन १६ गते बिहान ०९ बजे विद्यालय जाने भनी कोठाबाट निस्किएका बालिका घर नफर्किएपछि आफन्तले खोजीका लागि प्रहरीमा जाहेरी दिएका थिए ।

उक्त जाहेरीका आधारमा प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरीले बौद्वस्थित ग्रीन साइन मोर्गन मसाज सेन्टरमा काम गरिरहेको अवस्थामा फेला पारी आफन्तको जिम्मा लगाएको परिसरले आज एक सूचना जारी गरी जनाएको छ ।

उक्त घटनाको सम्बन्धमा प्रभागबाट थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ७ : ३२ बजे

मनसुनको एक महिना : ३१ जनाको मृत्यु, ११२ घाइते

काठमाडौं– गत जेठ १५ देखि यही असार १६ गतेसम्म ६७४

बाबुरामको टिप्पणी- कुलिङ पिरियडमा भएको बदमासी निकृष्ट र लाजमर्दो

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम

सिरहामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित

सिरहा– असार महिनाको मध्यभागसम्म आइपुग्दा पनि सिरहाका धेरै खेत सुक्खै

कर्णाली प्रदेशका उत्कृष्ट ३० जना शिक्षक सम्मानित

सुर्खेत– कर्णालीका १० जिल्लाका ३० जना शिक्षकलाई सम्मान गरिएको छ

ङुइला नाका तीन महिनाका लागि खुल्ला

गोरखा– तिब्बती क्षेत्र आवतजावत गर्ने उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारको