प्रियंका कार्कीलाई आफ्नै फिल्मको चासो छैन, पेरिसको प्रचार ? « Khabarhub

प्रियंका कार्कीलाई आफ्नै फिल्मको चासो छैन, पेरिसको प्रचार ?


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका प्रियंका कार्की सामाजिक सञ्जालमा निकै व्यस्त रहने गर्छिन् । पछिल्लो समय उनका हातमा खासै फिल्म छैनन् । तर कुनै न कुनै कारण उनको चर्चा भने भइरहन्छ । कहिले टिकटकमा भिडियो गरेर त कहिले बिकिनीमा हट तस्वीर शेयर गरेर उनी दर्शकको ध्यान आफूतिर तान्छिन् ।

उनलाई फ्यानले जति माया गर्छन्, त्यति नै गाली पनि गर्छन् । उनी अभिनित फिल्म ‘प्रेम दिवस’ रिलिजको क्रममा छ । तर फिल्मको प्रचारमा उनको खासै रुचि छैन । सामाजिक सञ्जालमा उनले एकपछि अर्को गर्दै ‘कान्स फिल्म फेस्टिभल २०१९’ मा सहभागी हुन जाँदा फ्रान्समा खिचेका तस्वीरहरु शेयर गरिरहेकी छिन् । तर, फिल्मको प्रचारमा भने उनी खासै खुलेर लागेको पाइँदैन । जबकि, यो फिल्ममा उनी आफ्ना हुनेवाला श्रीमान् आयुष्मान देशराज जोशीसँग जोडी बाँधेकी छिन् ।

आफ्नो फिल्मको प्रचारमा खासै चासो नदेखाउने तर पेरिसका तस्वीरहरू ह्यासट्याग दिँदै किन शेयर गरिरहेकी छिन् त प्रियंकाले ? वास्तविकता त प्रियंकालाई नै थाहा होला तर कतिपयले भने कान्सको रेड कार्पेटमा हिँड्ने अवसर नपाए पनि उनले त्यहाँ हुँदा केही विदेशी मेकरलाई भेट्ने मौका पाएकी थिइन्, प्रिय‌ंकाले ती विदेशी मेकरको आँखामा परिन्छ कि भनेर उनले एकपछि अर्को गर्दै तस्वीर शेयर गरिरहेको अनुमान गरेका छन् ।

जे जसो भए पनि उनले तस्वीरमार्फत आफ्नो प्रचार त गरिरहेकी छिन् । आफ्नो प्रचार गर्नमा व्यस्त हुने तर आफैले अभिनय गरेको फिल्ममा कुनै चासो नदेखाउने ? प्रियंकाको यो कस्तो लोभ हो ?

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  १२ : ०१ बजे

स्वास्थ्य बीमा बोर्डद्वारा ३ सय ६८ अस्पताललाई २ अर्बभन्दा बढी भुक्तानी

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले देशभरका ३६८ अस्पताल तथा स्वास्थ्य संस्थालाई

बागमती प्रदेशप्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

मकवानपुर– बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको हालैको बैठकबाट पारित

पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिकरुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया

काठमाडौं– मुटुसम्बन्धी समस्याका कारण बागमती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको आकस्मिकरुपमा

समकक्षता निर्धारणको काम अनुदान आयोगबाट

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको उपाधि समकक्षता निर्धारणको काम भएको

तीन वर्षपछि दक्षिण कोरियाले बढायो ब्याजदर, मुद्रास्फीति नियन्त्रणमा जोड

सियोल- दक्षिण कोरियाको केन्द्रीय बैंकले तीन वर्षभन्दा बढी समयपछि पहिलो पटक