नो–फ्लाई जोन अस्वीकार गरेपछि नेटोसँग जेलेन्स्की असन्तुष्ट « Khabarhub

नो–फ्लाई जोन अस्वीकार गरेपछि नेटोसँग जेलेन्स्की असन्तुष्ट


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ– अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोले ‘नो–फ्लाई जोन’ स्थापनाका लागि अस्वीकार गरेपछि युक्रेनका राष्ट्रपतिले भोलोदिमिर जेलेन्स्की असन्तुष्ट बनेका छन् ।

यसअघि नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले पश्चिमा सैन्य गठबन्धनले युक्रेनको आकाशमा उडान प्रतिबन्धित क्षेत्र लागु नगर्ने बताएका थिए ।

नेटो फौजलाई युक्रेनी सेनालाई सहयोग गर्न तत्काल सो क्षेत्रतर्फ नपठाउने बरु आफ्नै ढंगले सहयोग गर्ने उनले बताएका थिए ।

यसैबीच, रुसी हमलाका कारण १२ लाख मानिस युक्रेन छोडेको राष्ट्रसंघको शरणार्थी सम्बन्धी उच्च निकायले जनाएको छ। युक्रेनमाथि रुसी हमलाको १०औँ दिन आज पनि विभिन्न सहरमा हमला भइरहेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  १२ : २४ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,