कांग्रेसको महोत्तरी अधिवेशन : दोश्रो चरणको निर्वाचनमा उम्मेदवारहरूबीच सहमति « Khabarhub

कांग्रेसको महोत्तरी अधिवेशन : दोश्रो चरणको निर्वाचनमा उम्मेदवारहरूबीच सहमति


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – नेपाली कांग्रेस महोत्तरीको दोश्रो चरणको निर्वाचनमा सहमति जुटेको छ ।

चुनावी प्रतिस्पर्धावाट पछाडि हटेर सहमति भएपछि नागेश्वर यादव सर्वसम्मत निर्वाचित हुने संकेत देखिएको छ ।

पहिलो चरणको निर्वाचनको मत परिणामवाट बजरङ्ग नेपाली बाहिरिएपछि नागेश्वर यादव र सुशिल यादव चुनावी मैदानमा थिए ।

कुनै पनि उम्मेदवारले निर्वाचनमा ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोश्रो चरणको निर्वाचन तय भएको थियो ।

दोश्रो चरणको निर्वाचनमा सुशिल यादव समूहले नागेश्वर यादवलार्इ समर्थन गरेपछि निर्वाचनविना नै नागेश्वर यादव निर्वाचित भएको घोषणा गर्ने तयारी भइरहेको पूर्व जिल्ला सभपति महेन्द्र राय यादवले जानकारी दिए ।

निर्वाचन अधिकृत र्इन्द्र अधिकारीले भने यो आधिकारिक नभएको बताएका छन् । ‘नेताहरुको अनुसार यस्तै सुनिएको छ म दुवै उम्मेदवारलाई भेट्न जाँदैछु हो रहेछ भने हामी सहमतिमा प्रकृयाअनुसार घोषणा गर्नेछौ ।’ अधिकृत अधिकारीले भने ।

दुवै उम्मेदवार देउवा पक्षधर निकट मानिन्छन । पौडेल पक्षधर बजरङ्ग नेपाली चुनावी प्रतिस्पर्धावाट बाहिरिएपछि डिजाइनमा नै नागेश्वरलाई समर्थन गरिएको केही नेताहरूको आरोप छ ।

तीन जना उम्मेदवार मध्य पहिलो चरणको मत परिणाममा नागेश्वर यादवले १०११, सुशिल यादवले ७७९ र बजरङ्ग नेपालीले ३०६ मत ल्याएका थिए ।

तर कांग्रेसभित्रका केही नेताहरुले भने नागेश्वर यादव निर्वाचित भएको घोषणा मात्र गर्न बाँकी रहेको दाबी गरेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  १ : ०५ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका