महाशिवरात्रिमा पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ « Khabarhub

महाशिवरात्रिमा पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रको राममन्दिर एवं आर्यघाट परिसरमा जम्मा भएको फोहर सफाइ गरिएको छ ।

बाग्मती सफाइ महाअभियानको ४६० औँ हप्तामा पशुपति राममन्दिर, आर्यघाटबाट सूर्यघाटसम्म सफाइ गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए। सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

बाग्मती सफाइमा प्रमुख अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौडेल, नेपाली चलचित्रका नायिका निरुता सिंह, तिलगङ्गा महिला समूहका संयोजक एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य आशा पाण्डेसहित समूह, अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति, सिजन मिडिया, बाग्मती फोहर उन्मूलन उपभोक्ता समिति, काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकु, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल), विभिन्न सङ्घसंस्था एवं बाग्मती सफाइ अभियानकर्मीको सक्रियता रहेको थियो ।

२०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ । पछिल्लाे समय बाग्मतीका सहायक नदी सफाइ अभियान पनि सुरु भएको छ । हाल राजधानीमा २५ स्थानमा सफाइ भइरहेको छ ।

यसैगरी, काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । राजधानी बाहिर १०९ स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

त्यस्तै, आज गुह्येश्वरीमाथिको बाग्मतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ । ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी छ । 

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ६ : ३३ बजे

प्रधानमन्त्रीको सन्देश : पुराना दलले आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैन

काठमाडौं– मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला

पितृशोकमा रहेका ओली भेट्न पुगिन् पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्री पनि जाँदै

काठमाडौं- पितृशोकमा रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति

दाउरा थकाली पुनः सञ्चालनमा

काठमाडौं– ललितपुरको पुल्चोकस्थित दाउरा थकाली रेस्टुरेन्ट नयाँ उत्साह र परिष्कृत

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

काठमाडौं– नेपालको पश्चिम क्षेत्रबाट आज बिहानैदेखि वर्षा सुरु भएको छ

इरानी मिसाइल आक्रमणपछि इजरायलका कयौँ सहरमा आगलागी

तेहरान- इरानले प्रहार गरेको मिसाइलपछि इजरायलका केही क्षेत्रमा आगलागी भएको