१५ जिल्लाका सीडीओको सरुवा, को कहाँ पुगे ? | Khabarhub Khabarhub

१५ जिल्लाका सीडीओको सरुवा, को कहाँ पुगे ?


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले १५ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेको छ । गृहमन्त्रालयले सरुवा भएका सीडीओको सूची सार्वजनिक गरेको छ । गृहका अनुसार काभ्रेको सीडीओका रुपमा सह–सचिव उदय बहादुर रानामगरको सरुवा भएको छ ।

त्यस्तै अर्जुन प्रसाद पोखरेललाई रुपन्देही पठाइएको छ । गजेन्द्र बहादुर श्रेष्ठलाई कपिलवस्तुको सीडीओ बन्ने छन् भने नुवाकोटको सीडीओका रुपमा द्रोण पोखरेल सरुवा भएका छन् ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी सह–सचिव उद्धवबहादुर थापालाई गृह मन्त्रालय तानिएको छ । त्यसैगरि कृष्णबहादुर राउतलाई सर्लाहीको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको छ।

गृह–मन्त्रालयले ८ जना उप–सचिवलाई कायममुकायम प्रमुख जिल्ला अधिकारीको जिम्मा दिएको छ । जसअन्तर्गत उप–सचिव रुद्र प्रसाद पण्डित तनहुँ, गोपाल कुमार अधिकारी सिराह, टेक नारायण पौडेल डोटी, शम्भुप्रसाद मरासिनी नवलपरासी बर्दघाट सुस्ता पीश्चम, विष्णुकुमार कार्कि नवलपरासी बर्दघाट सूस्ता पुर्व, जनार्दन गौतम सिन्धुली, देवेन्द्र लामिछाने गोरखा र ध्रुव कुमार खड्कालाई उदयपुरको कामु प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको छ ।

रुकुम पश्चिमको प्रमुख जिल्ला अधिकारीमा उपेन्द्रराज पौड्यालको सरुवा भएको छ। कल्पना घिमीरे नेपाललाई पर्वत र लक्ष्मण ढकाललाई रोल्पा पठाइएको छ । गृह-मन्त्रालय र मातहतमा कार्यरत सह-सचिव र उपसचिव गरी २३ जना कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

सरुवा भएका कर्मचारीको सूची हेर्नुहोस्

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  १२ : १० बजे

आजका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माओवादी अध्यक्ष प्रचण्डबाट श्रमिक दिवसको शुभकामना

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय श्रमिक

भूमिहीनलाई व्यवस्थित गर्न आयोग र पालिका सक्रिय

बैतडी– राष्ट्रिय भूमि समस्या समाधान आयोगले बैतडीका दशवटै स्थानीय तहमा

राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै

मकवानपुर– हरेक वर्ष चट्याङका कारण जनधनको क्षति भइरहेको मकवानपुरको राक्सिराङ

मुलुकको विकासमा श्रमिकहरूको योगदान अतुलनीय : उपराष्ट्रपति 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले सरकार र श्रमिक वर्गबीच समन्वयको वातावरण