कोइराला निबासबाट किन हटाइयो सुरक्षाकर्मी ? « Khabarhub

कोइराला निबासबाट किन हटाइयो सुरक्षाकर्मी ?


२१ जेष्ठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

विराटनगर– गृह मन्त्रालयले विराटनगरस्थित कोइराला निबासबाट सुरक्षाकर्मी हटाएको छ । २०५४ सालदेखि सुरक्षाकर्मीको पहरामा रहेको कोइराला निवास गत बिहीबारदेखि सुरक्षाविहीन भएको हो ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व. बीपी कोइराला, पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको निवासबाट गृह मन्त्रालयले विना कुनै पूर्व जानकारी सुरक्षाकर्मी हटाएको हो ।

तत्कालीन सरकारले सुरक्षा चुनौती देखिएको भन्दै २०५४ सालमा नेपाल प्रहरीको विशेष टुकडी कोइराला निवासको सुरक्षामा परिचालन गरेको थियो । सशस्त्र द्वन्द्वका बेला २०५४ सालमा निवासलाई लक्षित गरी सुतली बम विस्फोट गराइए पछि निवासको सुरक्षाका लागि सुरक्षाकर्मी खटाइएको थियो ।

पछि कोइराला निवासको सुरक्षाका लागि सशस्त्र प्रहरी बलको एक टुकडी परिचालन गरिएको थियो । हाल सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई)को नेतृत्वमा १४ जना सुरक्षाकर्मी निवासको सुरक्षाका लागि खटाइएका थिए ।

गत बिहीबार आफूहरुलाई फिर्ता हुन पत्र आएको भन्दै सबै सुरक्षाकर्मी फिर्ता भएका कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

थपलियाका अनुसार सुरक्षाकर्मी हटाइएको बारे स्थानीय प्रशासन र सरकारको ध्यानाकर्षण गराएपनि सुनुवाइ भएको छैन । स्थानीय प्रशासनले भने सुरक्षाकर्मी हटाइएकोबारे जानकारी नभएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङका एक अधिकारीले गृह मन्त्रालय र सशस्त्र प्रहरी मुख्यालयले फिर्ता बोलाएकाले सशस्त्र प्रहरीको टुकडी फिर्ता गएको बताए ।

मुलुकका तीनजना प्रधानमन्त्री मातृका, बीपी र गिरिजाको बाल्यकाल कोइराला निवासमै वितेको थियो । नेपालको प्रजातान्त्रिक आन्दोलनको प्रत्यक्ष साक्षी मानिएको कोइराला निवासलाई संग्रहालय बनाउने विषय पनि चर्चामा थियो ।

हाल पनि नेपालको प्रजातान्त्रिक आन्दोलनबारे जानकारी लिन चाहने नेपाली र विदेशीहरु कोइराला निबास पुग्ने गरेका छन् ।

प्रजातान्त्रिक आन्दोलनको जीवित पहिचानको रुपमा रहेको कोइराला निवासबाट सुरक्षाकर्मी हटाउने सरकारी निर्णयप्रति भने स्थानीयले आपत्ति जनाएका छन् ।

केही स्थानीयले कोइराला निवासबाट फिर्ता गरिएका सुरक्षाकर्मीलाई पुनः सोही टाउँमा खटाइनुपर्ने भन्दै स्थानीय प्रशासनमार्फत सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

गृह मन्त्रालयका अधिकारीहरुले भने कोइराला निबासबाट सुरक्षाकर्मी हटाइएको विषयमा औपचारिक धारणा दिन मानेका छैनन् । गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाका एक अधिकारीले कोइराला निवासबाट सुरक्षाकर्मी हटाइनुको कारणबारे आफूलाई जानकारी नभएको बताए ।

‘मिडियामा समाचार आएपछि मात्रै मैले पनि कोइराला निवासबाट सुरक्षाकर्मी हटाइएको भन्नेबारेमा जानकारी पाएको हुँ,’ खबरहबको सम्पर्कमा आएका ती अधिकारीले भने, ‘तर, यसबारे मलाई आधिकारिक रुपमा कुनै जानकारी छैन । सुरक्षाकर्मी हटाउनुपर्ने भए स्थानीय प्रशासनको सिफारिसमा गृह मन्त्रालयले निर्णय गर्नुपर्ने हो । त्यस्तो भएको हो कि हैन, थाहा छैन ।’

प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलबार  १२ : १७ बजे

चक्रवात ‘अनर्व’को प्रभाव : कोशी, बागमती र नारायणीमा बाढीको जोखिम

काठमाडौं – चक्रवात ‘अनर्व’को सम्भावित प्रभावका कारण यही कात्तिक ११

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा)

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास