कांग्रेसको महोत्तरी सभापतिमा यादव विजयी | Khabarhub Khabarhub

कांग्रेसको महोत्तरी सभापतिमा यादव विजयी


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर – नेपाली कांग्रेसको महोत्तरी जिल्ला सभापति पदमा नागेश्वर यादव विजयी भएका छन्। शनिबार घोषित मतपरिणामानुसार उनलाई दोस्रो मत प्राप्त गर्ने सुशीलकुमार यादवले समर्थन जनाएका थिए।

विजयी नागेश्वरले कूल खसेको दुई हजार १३९ मतमध्ये एक हजार ११ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । दोस्रो मत पाउने सुशीलकुमारले ७७९ र अर्का उमेदवार बजरङ्ग नेपालीले ३०६ मत प्राप्त गरेका थिए।

कांग्रेसको विधानानुसार निर्वाचित हुन ५० प्रतिशत कटाउनुपर्ने प्रावधानले पहिलो र दोस्रो मत प्राप्त गर्नेबीच फेरि प्रतिस्पर्धा गराउनुपर्ने भए पनि दोस्रो मत प्राप्त गर्नेका सहमतिमा पहिलो मत प्राप्त गर्नेलाई विजयी घोषणा गरिएको निर्वाचन समितिका निर्वाचन अधिकृत इन्द्र अधिकारीले जानकारी दिए।

कांग्रेसको १४औँ महाधिवेशन क्रममा यसअघि बिभिन्न कारणले अल्झदै आएको जिल्ला अधिवेशनको मतदान शुक्रबार सम्पन्न भएको हो । मतदानमा ९४ प्रतिशत मतदाताले मतदान गरेका निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए। सभापतिमा विजयी नागेश्वर पञ्चायतकालदेखि नै कांग्रेसमा आबद्ध भई राजनीतिमा सक्रिय रहँदै आएका हुन्।

यसअघि नेपाल विद्यार्थी सङ्घको बिभिन्न जिम्मेवारी र तरुण दलको केन्द्रीय उपाध्यक्ष रहिसकेका उनी दलको १३औँ महाधिवेशनमा पनि जिल्ला सभापतिका उमेदवार थिए।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ८ : १२ बजे

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौँ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

काठमाडौं– नबिल बैंकको ‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश गरेको

असार १५ःरोपाइँसहित दही-चिउरा खाएर मनाइयो

काठमाडौं – प्रत्येक वर्ष असार १५ गते दहीचिउरा खाएर मनाइने

धान रोप्न ललितपुरको लेले पुगे महानायक हमाल

काठमाडौं – असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउँदै

रामकुमारीको तिखो टिप्पणीपछि एकीकृत समाजवादीमा माधव नेपालविरूद्ध बोल्न निषेध !

काठमाडौं- काभ्रेको साँगास्थित पतञ्जलि योगपीठको जग्गा बिक्री प्रकरणमा भ्रष्टाचार मुद्दा

लाओसविरुद्ध नेपाल ५–० ले अगाडि

काठमाडौं – एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा नेपालले ५–०