बाइडेन र बेन्नेटसँग जेलेन्स्कीको टेलिफोन वार्ता, इजरायल मध्यस्थता गर्न तयार | Khabarhub Khabarhub

बाइडेन र बेन्नेटसँग जेलेन्स्कीको टेलिफोन वार्ता, इजरायल मध्यस्थता गर्न तयार


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग टेलिफोन वार्ता गरेका छन् ।

बाइडेनसँगको वार्तामा सुरक्षा, युक्रेनलाई आर्थिक सहयोग र रुसमाथि प्रतिबन्ध लगाउने विषयमा छलफल भएको राष्ट्रपति जेलेन्स्कीले एउटा ट्विटमा उल्लेख गरेका छन् ।

जेलेन्स्कीले इजरायलका प्रधानमन्त्री नाफतली बेन्नेटसँग पनि टेलिफोन वार्ता गरेका छन् । जेलेन्स्कीसँग छलफल गर्नुअघि बेन्नेटले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई मस्कोमा भेट गरेका थिए ।

इजरायल अमेरिकाको प्रमुख साझेदार भए पनि प्रधानमन्त्री बेन्नेटले रुससँगको सम्बन्धलाई पनि मझबुत बनाउन खोजेका छन् । जेलेन्स्कीको अनुरोधमा इजरायल रुस र युक्रेनबीच मध्यस्थता गर्न इच्छुक देखिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ८ : ३९ बजे

उत्पादन वृद्धि गर्न वैज्ञानिक विधिको प्रयोग गर्नुपर्छ : मन्त्री अधिकारी

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धान उत्पादन

कप्तानी डेब्यूमै साम्बाको पाँच गोल

काठमाडौं – उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत

यस्तो छ मोहन बस्नेतलाई धरौटीमा छाड्ने अदालतको आदेश

काठमाडौं – विशेष अदालतले नेपाली कांग्रेसका नेता मोहन बस्नेतलाई २५

नेपालको विजयी सुरुवात, लाओस ९–० ले पराजित

काठमाडौं – एएफसी एसियन कप छनोटमा नेपालले विजयी सुरुवात गरेको

कांग्रेस नेता मोहन बस्नेतलाई २५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं– विशेष अदालतले नेपाली कांग्रेसका नेता मोहन बस्नेतलाई २५ लाख