पाकिस्तानको लाहोरमा खानेपानीको संकट « Khabarhub

पाकिस्तानको लाहोरमा खानेपानीको संकट


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लाहोर – पाकिस्तानको लाहोरमा खानेपानीको संकट सिर्जना भएको छ।

भूमिगत पानीको स्तरमा लगातार गिरावट आएसँगै सफा पिउने पानीको अभावको निम्तिएको जनाइएको छ। विशेष गरी, भूमिगत पानीको स्तर घट्दा पानीमा आर्सेनिकको मात्रा बढ्ने र यो पानी पिउन योग्य नहुने जनाइएको छ।

विगत ४० वर्षदेखि यो स्तर घट्दै गएको र अहिले डरलाग्दो तहमा पुगेको पाकिस्तानी जलवायु विज्ञहरुले बताइरहेका छन्। सन् १९८० वासाको रेकर्ड अनुसार लाहोरमा पानीको स्तर १५ मिटर तल थियो। सन् १९९० यो स्तर बढेर २३.२२६ मिटर पुग्यो। अहिले ५० मिटरभन्दा तलको स्तरमा छ।

पञ्जाब सरकारले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई बुझाएको प्रतिवेदनमा भनिएको छ, ‘हामी (पाकिस्तान) मा अझै पनि पानी सम्बन्धी परियोजनाहरूमा सहमति निर्माण गर्न र अदालतमा जवाफ दिन व्यस्त छौं, तर सीमापार पक्ष (भारत)ले वास्तविक प्रगति गरिरहेको छ।’

रिपोर्टलेजल रिचार्जमा ठूलो योगदान गर्ने नदी लाहोरको लागि ‘अस्तित्वको संकट’ मा परेको भन्दै चेतावनी दिइएको छ। लाहोरमा गर्मी मौसमको समयमा पानीको हाहाकार हुने गरेको छ। सरकारले यहाँ स्वच्छ पिउने पानीका लागि कुनै पनि नयाँ परियोजनाहरु सञ्‍चालन गर्न सकेको छैन।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ८ : ५७ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना