बागमतीकी शिक्षा र सेनाकी सीतालाई स्वर्ण « Khabarhub

बागमतीकी शिक्षा र सेनाकी सीतालाई स्वर्ण


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बागमती प्रदेशकी शिक्षा नापितले प्रथम वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगितामा महिला व्यक्तिगत सावरतर्फ स्वर्ण हात पारेकी छन् ।

नापितले फाइनलमा एपिएफकी उर्मिला लामालाई १५- ९ अंकले पराजित गर्दै स्वर्णलाई पोल्टामा हालेकी हुन् । एपिएफकी शुक घिसिङ र नेपाली सेनाकी मनिषा श्रेष्ठले कास्य पदकमा चित्त बुझाए ।

महिला ईपीतर्फको खेलमा सेनाकी सीता पाठकले स्वर्ण प्राप्त गरेकी छन् । उनले एपिएफकी जानुका स्याङतानलाई १५-१२ अकंका साथ हराएकी हुन् । तेस्राे स्थानमा एपिएफकी अनिता कार्की र नेपाली सेनाकी इन्दिरा पौडेलले कास्य पदक प्राप्त गरे ।

वीर गणेशमान सिंह स्पोर्टस कमिटी र नेपाल फेन्सिङ संघको संयुक्त आयोजनामा शनिबारबाट सुरु भएको प्रतियोगितामा बागमती, सुदूरपश्चिम, गण्डकीसँगै दुई विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब गरी ६ टोलीका १ सय १४ खेलाडीले १२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगितामा सावर, ईपी, फ्वाईल गरि तीन विधामा व्यक्तिगत र टिम स्पर्धामा महिला तथा पुरुषको प्रतिस्पर्धा हुने छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ९ : ४४ बजे

उपसभामुख ठाकुर रोपाइँमा सहभागी

धनुषा – राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा उपसभामुख

देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

ललितपुर – देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ

ब्राजिललाई चुनौती दिन जापान तयार, इतिहास बदल्ने लक्ष्य

काठमाडौं – विश्व फुटबलको महाशक्ति ब्राजिलसँगको नकआउट भिडन्तअघि जापानले आफू

चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

भरतपुर – चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

बजेट निर्माणमा सुधार, ढिला गर्ने स्थानीय तहको संख्या घट्यो

काठमाडौं – स्थानीय तहको बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन भूमि