गण्डकी प्रदेशका मुख्ममन्त्रीबाट सर्लाहीको भरत तालको भ्रमण | Khabarhub Khabarhub

गण्डकी प्रदेशका मुख्ममन्त्रीबाट सर्लाहीको भरत तालको भ्रमण


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सर्लाहीको बागमतीमा रहेको निर्माणाधीन भरत तालको अवलोकन भ्रमण गरेका छन् ।

आइतवार मुख्यमन्त्री पोखरेल मधेश प्रदेशका विभिन्न स्थानको भ्रमणका क्रममा सर्लाहीको बागमतीस्थित भरत तालमा आइपुगेका थिए । १८ सदस्यीय टोलीको नेतृत्व गर्दै मुख्यमन्त्री पोखरेलको भ्रमण टोली बागमती आइपुगेको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाले जानकारी दिए ।

मुख्यमन्त्रीको भ्रमण टोलीको भ्रमण नेतृत्व मधेश प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतोले गरेका थिए । गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालीको निमन्त्रणामा केही समय पहिला मात्र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गण्डकी प्रदेश भ्रमणमा पुगेका थिए ।

सोही समयमा मुख्यमन्त्री राउतले मधेश प्रदेश भ्रमणको निम्ता दिए थिए । सोही आतिथ्यता स्वीकार गर्दै आफू मधेश प्रदेश भ्रमणमा आएकोे मुख्यमन्त्री नेपालीले बताए । मुख्यमन्त्री नेपालीको टोलीले भरत तालमा रहेको मिनी क्रुजमा केही समय सयर गरेको थियो ।

सोही क्रममा मुख्यमन्त्री नेपालीले तालको निर्माणको अवस्था यसको भावी योजना, तालले भविश्यमा यस क्षेत्रको नागरिक र नगरको आर्थिक, सामाजिक, भौतिक विकासमा खेल्ने भूमिकाको विषयमा समेत जानकारी लिए । ताल भ्रमणपछि पत्रकारहरूसगँ कुरा गर्दै मुख्यमन्त्री नेपालीले संघीयतालाई मजबुत बनाउन प्रदेशको पहिचान र हैसियत देखिनु पर्छ भन्ने कुरामा आफू विश्वस्त भएको बताए ।

यसका लागि अन्तर प्रदेशीय सरकारहरूको सद्भाव यात्रा जरुरी रहेको ठानेर मधेश प्रदेशका सरकार प्रमुखलाई आफ्नो प्रदेश भ्रमण गराएको उनकाे भनाइ थियो । र, सोही अभियानअन्तर्गत आफू मधेश प्रदेश आइपुगेको बताए । तालको भ्रमणका क्रममा आफूले मधेश प्रदेशमा विकासका लागि जनप्रतिनिधि र जनतामा विकासका लागि जुर्मुराहट रहेको महसुस भएको मुख्यमन्त्री नेपालीको भनाइ थियो ।

यस्तै जनकपुर-पोखरा सिधा हवाई उडानले दुवै प्रदेशको पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेल्ने उनको भनाइ छ । जनकपुरधाम ऐतिहासिक पवित्र धार्मिक तीर्थस्थल र पोखरा जस्तो पर्यटकीय स्थललाई हवाई मार्गमा जोड्ने बित्तिकै दुवै स्थानमा आएका पर्यटकले सजिलै पोखरा र जनकपुरधामको भ्रमण गर्न सक्ने उनले विश्वास व्यक्त गरे । ‘मलाई के विश्वास छ भने जनकपुरबाट गएका पर्यटक जोमसोम सम्म पुगेर फर्कने छन्,’ उनले भने ।

शनिबारबाट सुरु भएको पोखरा–जनकपुर सिधा हवाई उडानमार्फत् जनकपुर उत्रिएका मुख्यमन्त्री नेपालीले मधेशका सरकार र जनताको स्वागत अत्यन्त अविश्मरणीय रहेको बताए । ‘मधेश प्रदेशका जनता र सरकारले आफुहरूलाई गरेको स्वागत, गण्डकी प्रदेश सरकार र जनतालाई गरेको स्वागतको रुपमा हामीले सम्झेका छौँ,’ उनले भने, ‘यसबाट म लगायत गण्डकी प्रदेश नै भावनात्मक भएका छौँ ।’

मुख्यमन्त्री नेपाली मधेश प्रदेशका विभिन्न धार्मिक एवं एतिहासिक स्थलको भ्रमण गर्दै आइतबार सर्लाही आइपुगेका हुन् । मुख्यमन्त्रीको टोली रौटहटको नुनथर क्षेत्रको अवलोकन भ्रमणपछि पर्सा राष्ट्रिय निकुञ्जका लागि प्रस्थान गरेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ६ : ५५ बजे

संसदीय सुनुवाइसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज (आइतबार) बस्दैछ ।

मदन भण्डारी फाउण्डेशन एमालेमा गुट निर्माणको ‘प्लेटफर्म’

काठमाडौं– जननेता मदन भण्डारीका विचारको व्याख्या गर्ने माध्यमका रूपमा स्थापित

होमस्टेले गाउँमै बस्न सिकाउँदै

तनहुँ– घरधन्दा, मेलापात, बालबालिकाको हेरचाहमा मात्र व्यस्त हुने महिलाको दैनिकी

विद्यालयको आम्दानी बढाउन बुद्धचित्तको बिरुवा लगाइँदै

रामेछाप– विद्यालयको आन्तरिक स्रोत वृद्धि गर्न रामेछापको सदरमुकाम मन्थलीस्थित मन्थली