एकीकृत कृषि बजार भवन हस्तान्तरण « Khabarhub

एकीकृत कृषि बजार भवन हस्तान्तरण


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- स्थानीयस्तरमा उत्पादित कृषि उपजलाई सहज रूपमा बजारीकरण गर्न बैतडीको पाटनमा एकीकृत कृषि बजार भवन निर्माण गरिएको छ ।

कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र सुन्दरपुर कञ्चनपुरले ठेक्कामार्फत् भवन निर्माण गरेको हो । ३६ लाख ५१ हजारको लागतमा भवन निर्माण कार्य सम्पन्न गरिएको छ ।

किसानले उत्पादन गरेको कृषि उपजलाई बजारीकरण गर्न सजिलो होस् भनेर भवन निर्माण गरिएको कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र सुन्दरपुरका प्रमुख टीकाराम थापाले बताए । उक्त भवनको कार्यक्रमको आयोजना गरेर नगरस्तरीय कृषि बजार तथा व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।

नगरपालिकाको रोहबरमा समितिलाई भवन हस्तान्तरण गरिएको हो । भवन हस्तान्तरण कार्यक्रममा प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनितादेवी चौधरी, पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दलगायतको उपस्थिति रहेको थियो ।

 भवन निर्माण भएपछि किसानले उत्पादन गरेको तरकारी, फलफूललगायत उपजहरूलाई एकीकृत रूपमा बजारीकरण गर्न सहज हुने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चौधरीले बताए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  १० : ५७ बजे

बाढीपछि बागेश्वरी माविको सरसफाइमा नेपाली सेना

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षतिग्रस्त बागेश्वरी माध्यमिक

भोटेकोसी पहिरो : सडकको अवरोध हटाउँदै केरूङबाट १ किलोमिटर नजिक आइपुग्यो चिनियाँ टोली

तिब्बत- चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित ग्यिरोङ बन्दरगाहमा गत बुधबार आएको

भोटेकोशी बाढीपीडितका लागि आईएमई ग्रुपको १० करोड सहयोग

काठमाडौं– आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित

चीन, इरान र रूससहितका नेता एससीओ शिखर सम्मेलनका लागि किर्गिस्तानमा

किर्गिस्तान– चीनका राष्ट्रपति सी जिनपिङ र इरानका राष्ट्रपति मसूद पेजेस्कियान

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि