राजविराज नगरपालिका आज सार्वजनिक बिदा « Khabarhub

राजविराज नगरपालिका आज सार्वजनिक बिदा


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – राजविराज नगरपालिकाले आज (सोमबार) सार्वजनिक बिदा दिएको छ । पाँच वर्षअघि आजकै दिन मलेठ घटनामा सहादत प्राप्त गरेका पाँचजनाको सम्झनामा सार्वजनीक बिदा दिएको नगरपालिकाले जनाएको छ।

एमालेले सुरु गरेको मेची महाकाली राष्ट्रिय अभियानअन्तर्गत २३ फागुन २०७३ मा सप्तरीमा राखिएको कार्यक्रममा तत्कालीन मधेसी मोर्चाले अवरोध पुर्‍याउन खोज्दा प्रहरीको गोली लागेर पाँचजनाको ज्यान गएको थियो ।

प्रहरीको गोली लागी मलेठका सञ्जन मेहता, पिताम्बर मण्डल र वीरेन्द्र महतो, प्रसवनीका आनन्द साह तथा जमुनी मधेपुराका इन्द्रदेव यादवको मृत्यु भएको थियो । सरकारले यी पाँचैजनालाई शहीद घोषणा गरिसकेको छ ।

पाँचै जनाले सहादत प्राप्त गरेको स्मरणमा सार्वजनिक बिदा दिइएको राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले जानकारी दिए।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  १२ : २० बजे

रविलाई बालेनले भने : बाढीपीडितको राहत र उद्धारमा राज्यका सबै शक्ति पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

नेपालगञ्ज– ‘छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर फोनमा

रसुवा बाढी पीडितको राहत र उद्धारमा प्रश्न उठिरहेका बेला रवि र बालेनबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी

नेप्सेमा गयो पहिरो, ४९० अंकले घट्यो निर्जीवन बीमा समूह

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीको उच्च नकारात्मक प्रभाव सेयर बजारमा

संसद् बैठक बोलाउन कार्यव्यवस्था समितिको बैठक मंगलबार बस्ने

काठमाडौं– संसद् बैठक आह्वानका लागि प्रतिनिधिसभा, कार्य व्यवस्था परामर्श समितिको