जोन्टा क्लब अफ काठमाडौंद्वारा येलो रोज डे २०२२ मा प्रेरणादायक महिलाहरु सम्मानित « Khabarhub

जोन्टा क्लब अफ काठमाडौंद्वारा येलो रोज डे २०२२ मा प्रेरणादायक महिलाहरु सम्मानित


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौँले ७ मार्च २०२० अर्थात फागुन २२ गते “प्रेरणादायक र साहसी महिला” हरुलाई सम्मान गर्दै आफ्नो वार्षिक कार्यक्रम “येलो रोज डे” मनाएको छ।

उक्त कार्यक्रम नबिल बैंक, निम्बसको प्रिमियम फुड ब्राण्ड ब्यञ्जन, स्टार हस्पिटल लिमिटेड, एमजि मोटर्सको सहयोगमा हस्पिटालिटी पार्टनर हायात प्यालेसमा आयोजना गरिएको थियो।

उक्त कार्यक्रममा विभिन्न विधामा उदाहरणीय काम गरेका चौध जना अनुकरणीय महिलाहरुलाई सम्मानित गरिएको थियो । कार्यकममा पुरस्कृत महिलाहरुले आफ्नो संघर्ष र सफलताको कथाहरु सुनाएका थिए। त्यस्तै यसरी महिला सशक्तिकरणका वास्तविक पात्रहरुलाई सम्मान गर्दा सम्पूर्ण समाजमा नै सकरात्मक प्रभाव पर्ने र अन्य महिलाहरुलाई पनि आ–आफ्नो क्षत्रमा उत्कृष्ट काम गर्ने प्रेरणा मिल्ने आयोजक जोन्टाक्लब अफ काठमाडौँले जनाएको छ ।

प्रिन्सेस हेलेन शाह इनस्पीरेशनल वुमन अफ द इयरबाट प्रस्तुति भट्टराई र सुश्री वर्षा तामाङ सम्मानित भएकी छन्। त्यस्तै अमर राना गेम चेन्जर अवार्ड क्याप्टेन प्रिया अधिकारीलाई, कोभिड हिरोहरुका लागि रत्न देवी अवार्ड सुस्वप्न रिमाललाई, ज्योति स्कलरशिप अवार्ड वुमन इन बिजनेस स्कलरशिप वर्षा कटुवाल र वुमन इन टेक स्कलर शिप सुक्रिती मास्केलाई, इन्द्रकला स्कलरशिप अवार्ड योङ वुमन इन पब्लिक अफेयर्स मन्दिरा श्रेष्ठलाई र वुमन इन स्पेस मनिषा दावा विजेता भएका छन् ।

त्यस्तै, “अनसंग हिरोज” विधा अन्तर्गत समाजको दृष्टिकोण परिवर्तन गर्न उल्लेखनीय योगदान पु-याएका अन्य ४ जना महिलाहरुलाई पनि उनीहरुको असाधारण कार्यको प्रशंसा गर्दै जोन्टा क्लब अफ काठमाडौंले नबिल बैंकको सहयोगमा प्रतिव्यक्ति ३५,००० रुपैयाँ प्रदान गरेको छ ।

कठिनाई र चुनौतीको वावजुद पनि आ–आफ्नो विधामा उत्कृष्ट काम गर्न सफल यस्ता महिलाहरुलाई सम्मान गर्न पाउनु आफैँमा एउटा गौरवको विषय भएको आयोजक जोन्टाक्लब अफ काठमाडौँले जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  १२ : ५३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना