बन्दीपुरका घरघरमा खानेपानी पुगेपछि स्थानीयवासी खुसी « Khabarhub

बन्दीपुरका घरघरमा खानेपानी पुगेपछि स्थानीयवासी खुसी


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- बन्दीपुर गाउँपालिका–१ भैँसीगोठ खानेपानी योजनाको निर्माण पूरा भएको छ ।

गाउँपालिकाको आर्थिक सहयोग, स्थानीयवासीबाट संकलित रकम र जनश्रम व्यहोरेर उक्त योजना सम्पन्न गरिएको हो । विगत लामो समयदेखि कुवाँको पानी बोकेर ल्याइ खाने गरेका उक्त बस्तीको घरघरमा पानीको धारा पुगेपछि स्थानीयवासी खुसी भएका छन् ।

 कूल रु १९ लाख ६५ हजारको लागतमा उक्त योजना सम्पन्न भएको भैँसीगोठ खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष सुस्मा कार्की शाहीले जानकारी दिइन् । उक्त योजनाका लागि बन्दीपुर गाउँपालिकाबाट रु ११ लाख ५० हजार, उपभोक्ताबाट सङ्कलित रु चार लाख ८५ हजार र रु तीन लाख ३० हजार बराबरको जनश्रम व्यहोरिएको थियो । उक्त योजनाबाट ३४ वटा धारा निर्माण गरी खानेपानी वितरण गरिएपछि त्यस क्षेत्रका ५३ घरधुरीका बासिन्दा लाभान्वित भएका छन् ।

गाउँमा खानेपानीको धारा नहुँदा कुवाको पानी बोकेर ल्याउनुपर्ने बाध्यता अब आउँदा दिनमा नहुने उनले बताइन्। बस्तीदेखि कुवा टाढा रहेका कारण पानीका लागि एक जनशक्ति नै खटाउनुपर्ने बाध्यता यहाँका बासिन्दाको रहेको उपभोक्ता समिति सदस्य लक्ष्मी थापाले भनिन् ।

सोही वडास्थित खहरे खोल्सीको पानी लिफ्टिङ गरेर बस्तीमा पानी वितरण गरिएको हो । खोल्सीको पानी करिब ३०० मिटर उचाइमा लिफ्ट गरी ट्याङ्कीमा सङ्कलन गरेर वितरणको व्यवस्था मिलाइएको वडाध्यक्ष भानुभक्त पोख्रेलले बताए । कुवाको पानी पिउन बाध्य यहाँका बासिन्दालाई सफा पानी खुवाउनका लागि बजेट उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष पूर्ण सिंह थापाले बताए । गाउँपालिकाले खानेपानी, स्वास्थ्य, शिक्षा, व्यावसायिक पशुपालन, तरकारीखेती र विकास निर्माणका कार्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएको थापाको भनाइ थियो।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  २ : ०७ बजे

स्वास्थ्यमन्त्री मेहताको निर्देशनमा सरकारी अस्पतालको गुणस्तर अनुगमन तीव्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको निर्देशनमा सरकारी अस्पतालहरूको

झण्डा र देशको माया अनि परदेश हिँडेकी सरू

बेइजिङ-स्थान- त्रिभुवन विमानस्थल, काठमाडौंसमय- असार १४ गते आइतबार राति ८.३०

राहदानी छपाइ प्रकरण : महानिर्देशक अर्यालसहित पाँच जना धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं– विशेष अदालतले राहदानी छपाइ प्रकरणमा पक्राउ परेका राहदानी विभागका

शक्तिहीन भएपछि नजिकिँदै कम्युनिस्ट, एकताको धुन बजाएपनि पद छाड्न तयार छैनन् नेता

काठमाडौं- अहिले नेपालको वाम आन्दोलन इतिहासकै कमजोर अवस्थामा छ ।

टोखामा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव (तस्बिरहरू)

काठमाडौं– टोखा नगरपालिकाले २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३