एभर्टनमाथि टोटनहमको सानदार जित « Khabarhub

एभर्टनमाथि टोटनहमको सानदार जित


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कप्तान ह्यारी केनको दुई गोलप्रेरित टोटनहमले सोमबार राति इङ्लिस प्रिमियर लिगको रेलिगेशनको डरमा रहेको एभर्टनमाथि ५-० को सानदार जित निकालेको छ। जितसहित टोटनहमले शीर्ष चारमा बस्ने सम्भावना बलियो पारेको छ।

१४औँ मिनेटमा एभर्टनका माइकल किनको आत्मघाती गोलमा टोटनहमले अग्रता लियो। त्यसको तीन मिनेटपछि नै ह्युङ मिन सनले टोटनहमको अग्रता दोब्बर पारे। ३७औँ मिनेटमा केनले गरेको गोलमा एन्टोनियो कोन्टेको टोलीले पहिलो हाफमै ३-० अग्रता लिएको थियो।

४६औं मिनेटमा सर्जियो रेग्युलियले गरेको गोलमा टोटनहम सहज जिततर्फ लम्किएको थियो। ५५औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गरेसँगै कोन्टेको टोलीले सहज जितसहित शीर्ष चारको सम्भावना कायम राखेको हो।

टोटनहम २६ खेलमा ४५ अंकसहित सातौं स्थानमा छ। जुन चौथो स्थानको आर्सनल भन्दा तीन अंक मात्र कम हो। पाँचौं स्थानको म्यानचेस्टर युनाइटेडको ४७ र छैटौं स्थानको वेस्ट हमको ४५ अंक रहेको छ।

लगातारको खराब प्रदर्शनले एभर्टनका प्रशिक्षक फ्रयांक लाम्पार्ड दबाबमा परेका छन्। २५ खेलबाट २२ अंक जोडेको एभर्टन १७औं स्थानमा छ। जुन १८औं स्थानको बनर्ली भन्दा एक र १९ औं स्थानको वाट्फोर्ड भन्दा तीन अंक मात्र बढी हो।

एभर्टनले लिगका पछिल्लो १८ खेलमा १४ खेल हारेको छ। शनिबार ओल्ड ट्राफोर्डमा युनाइटेडलाई हराउन सके कोन्टेको टोली चौथो स्थानमा उक्लिनेछ। एभर्टनले भने आइतबार गुडिसन पार्कमा उल्भरहमटनलाई आतिथ्य गर्नेछ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ८ : १५ बजे

रमेश लेखकलाई बयान दिन कांग्रेस नेताहरूको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका नेताहरूले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयान दिन

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं– प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ

कांग्रेसले प्रदेश सभाको बन्दसूचीका १९ जनाको नाम हटाउने

काठमाडौं– नेपाली काङ्ग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको

ठमेलको क्यासिनो भारतीय गिरोहको अपराध अखडा : चुम्बकीय तास र विशेष लेन्सको सहयोगमा गर्थे ठगी

काठमाडौं– ठमेलस्थित छाया सेन्टरको वाल्डो डाइनास्टिक इन्टरटेनमेन्ट प्रालिमा सञ्चालित क्यासिनो