तेह्रथुममा ट्याक्टर पल्टिँदा एकको मृत्यु, चालक पक्राउ « Khabarhub

तेह्रथुममा ट्याक्टर पल्टिँदा एकको मृत्यु, चालक पक्राउ


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम – तेह्रथुम सदरमुकाम म्याङलुङ नगरपालिका–१ केउरेनी, डाँडाखर्कमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोँही ठाउँका वर्ष २२ का किशोरकुमार विश्वकर्मा रहेका छन्। म्याङलुङ बजारबाट घर फर्कने क्रममा प्रदेश १–०२००३ त १२१२ नम्बरको ट्याक्टर सोमबार राति ८ बजे दुर्घटनामा परेको हो।

दुर्घटनामा सहचालक महेशकुमार विश्वकर्माको दाहिने खुट्टा भाचिएको छ। उनलाई उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए।

ट्याक्टर दुर्घटना स्थलबाट करिब ६० मिटर तल खसेर क्षतविक्षत अवस्थामा रहेको समेत प्रहरीले जनाएको छ। ट्याक्टर चालक सुवास विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ९ : ०७ बजे

मतगणनामा पछि परेपछि हर्क साम्पाङले भने- अन्तिमसम्म पर्खिनुस्, आत्तिनु र मात्तिनु हुँदैन

काठमाडौं– श्रम सस्कृती पार्टीका अध्यक्ष तथा सुनसरी क्षेत्र नम्बर १ का

काठमाडौं–४ मा रास्वपाका पुकार ८ हजार ७६० मतान्तरले अगाडि

काठमाडौं– काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

झापा-३ मतगणना अपडेट : रास्वपाका पाठकको अग्रता, राप्रपा अध्यक्ष लिङ्देन दोस्रो

काठमाडौं- झापा निर्वाचन क्षेत्र नम्बर ३ को प्रारम्भिक मतगणनामा राष्ट्रिय

दोलखामा जिरीबाट सुरु भयो मतगणना

दोलखा– जिल्लामा बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना कार्य सुरु

ताप्लेजुङमा एमालेका थेबे तेस्रो

काठमाडौं- ताप्लेजुङमा जारी मतगणनाको प्रारम्भिक नतिजा अनुसार नेकपा एमालेका क्षितिज