एनआरएनएमा मनोनयनको म्याद थप, चुनाव पर सर्‍यो « Khabarhub

एनआरएनएमा मनोनयनको म्याद थप, चुनाव पर सर्‍यो


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का पदाधिकारीहरुका लागि चुनाव गराउन सोमबारदेखि खुला गरिएको नामाङ्कनको समय तीन दिन थप गरिएको छ।

निर्वाचन समितिले मंगलबार एक सूचना प्रकाशित गरी अध्यक्ष कुमार पन्तको लिखित अनुरोधको आधारमा नोमिनेसन गर्ने म्याद शुक्रबार (११ मार्च) अपरान्ह ५ बजेसम्मका लागि बढाइएको जनाएको छ।

त्यस्तै अनलाइन मतदानका लागि २१ र २२ मार्च तोकिएकोमा अब २४ र २५ मार्चमा मतदान गराइने निर्वाचन समितिका एक सदस्यले बताए। तर समितिले प्रकाशन गरेको सूचनामा त्यो उल्लेख छैन।

गैरआवासीय नेपाली संघका बहुसंख्यक सदस्यहरुलाई बाहिरै राखेर जबर्जस्ती एकपक्षीय निर्वाचन कार्यक्रम अगाडि बढ़ाइएपछि त्यसको संसारभरि कडा विरोध भइरहेको छ। संस्थाभित्र सहमति बनाउन म्याद थप गरिएको भनिए पनि कामचलाउ अध्यक्ष पन्तकै निर्णयका कारण संस्था विभाजनको संघारमा पुगेको छ।

गत २ मार्चका दिन आइसीसीको बैठक बोलाएर पन्तले संरक्षक परिषद् तथा उच्चस्तरीय समिति भंग भएको दावी गरेका थिए। तर आइतबार बसेको राष्ट्रिय समन्वय परिषद (एनसीसी)का अध्यक्षहरुको बैठकले विधानविपरीत बोलाइएको उक्त बैठकका निर्णयहरुको कुनै कानुनी हैसियत नरहेको भन्दै प्रमुख संरक्षक शेष घले तथा संरक्षक परिषदलाई समस्याको समाधान गरी दशौँ महाधिवेशन गराउन आग्रह गरेका थिए।

प्रतिनिधिसम्बन्धी विवादकै कारण गत अक्टोबर २०२२ मा हुनुपर्ने संघको दशौँ महाधिवेशन अझै हुन सकेको छैन।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  २ : ४० बजे

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले