एमसीसीलाई युक्रेन युद्धसँग जोडेर पनि भ्रम फैलाइयो  | Khabarhub Khabarhub

एमसीसी कार्यान्वयनमा विज्ञको धारणा - ४

एमसीसीलाई युक्रेन युद्धसँग जोडेर पनि भ्रम फैलाइयो 

‘विरोधीले एमसीसी कार्यान्वयन भइरहेको ‘ग्राउण्ड’ मा बिगार्न सक्छन्’


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संसद्बाट एमसीसी पास भएर एउटा नौलौ प्रयोग भएको छ । यसको मजबुत पक्ष के रह्यो  भने नेपाली कांग्रेसले सुरुवातदेखि अन्तिमसम्म जुन नेतृत्व र प्रतिबद्धता जनाएको छ । एकदम प्रशंसा योग्य छ । नेपाली कांग्रेसको अन्तर्राष्ट्रिय प्रतिबद्धता चाहिन्छ । सरकारले अन्तर्राष्ट्रिय समुदायमा विश्वासनीयता देखाउनु महत्वपूर्ण कुरा हो भन्ने कुरा नेपाली कांग्रेसले ख्याल गरेको छ । यस कार्यमा प्रधानमन्त्री शेरबहादुर देउवाको ठूलो भूमिका छ ।

गगन थापा र भीम रावलबीचको जुन भाषण थियो । अब गगन थापाले भविष्यमा प्रधानमन्त्रीको लागी स्थान सुरक्षित गरेको जस्तो लाग्छ । त्यही अनुसारको आफुलाई प्रस्तुत गरेको र व्याख्यात्मक शब्दको पनि लबिङ गरेकोमा अन्तर्राष्ट्रिय समुदायमा राम्रै छाप परेको जस्तो लाग्छ । अर्को पाटो भन्नुपर्दा उच्चस्तरीय राजनीतिक बैठकहरुमा पनि देउवाले अगाडि सारेको हुनाले गगन थापाले नेपालमा राम्रै खालको राजनीतिक छाप बनाएका छन् ।

एमसीसी यसरी गिजोलिनुको मुख्य कारण सामाजिक सञ्जाल हो । सामाजिक सञ्जालबाट झुटा समचार सम्प्रेषण हुनु हो । यो विश्व भरीको समस्या हो । यूरोप, एसियासम्म हेर्ने हो भने झुटा कुराहरु लेख्ने, ट्वीट गर्ने देखिन्छ । अहिले मान्छेको दिमागमा यस्तो खालको विष बसेको छ की एमसीसीको बारेमा जति राम्रा कुराहरु भनेपनि त्यसले उनीहरुको दिमागमा सकारात्मक बुझाई ल्याउँदैन ।

एमसीसीको प्रोजेक्टले ज्ञान, सक्रियता र अभ्यास यी तीन वटा चिज गरे जस्तो लाग्छ । जनताहरुमा स्तरिय ढाँचा कस्तो हुन्छ ? अन्तर्राष्ट्रिय इनिसिएसनमा भन्ने कुराको उर्जागर गरेको छ । यस्तो खालको ढाँचा हुन्छ, अन्तर्राष्ट्रिय कानुन लाग्छ, त्यसमा कुनै पनि देशको कानुन लाग्दैन भन्ने खालका कुराहरु छ ।

र कम्युनिष्टहरुको गएको सत्तरी वर्षलाई हेर्दा यिनीहरुको तरिका के छ भने, सन् १९५४ मा नेपालले अमेरिकासँग टेक्निकल असिस्टेन्टमा सम्झौता गरेको रहेछ । जुनमा आधारभुत शिक्षामा सघाउने भन्ने कुराहरु उल्लेख थियो । यसको ठिक एक महिना पछि अमेरिका सूचना केन्द्र अगाडि पाँच हजार कम्युनिष्टहरुले विरोध गरेको रहेछ । यसमा अमेरिकाले नेपाली कर्मचारीलाई घुस खुवाएर चीनविरुद्ध प्रयोग गर्छ भन्ने उल्लेख गरेको छ ।

त्यसबेला कम्युनिष्टहरुको डीएनएमा  कार्लमाक्स, लेलिन, माओत्सेतुङहरुको विचार भएको हुनाले प्रजातान्त्रिक देशहरुले गरेको विषयमा विरोध गरिहाल्नु पर्छ भन्ने कुरा त्यँहादेखि आएको रहेछ, यसको निरन्तरता हुन्छ । एमसीसी पास नगर्ने भन्ने कुराहरु आएको थियो । जसमा चीनले बोल्यो भन्ने विषयमा कता कता भूराजनीतिक रुपमा असर गर्ने हो की, अथवा प्रजातान्त्रिक मुलुकहरुसँग ‘कोल्ड वार’हरु सुरुवात हुने हो कि जस्तो लाग्छ  ।

सबैभन्दा चुनौतिपूर्ण अवस्था भनेको कार्यान्वयनको चरणमा हो । जसरी विरोधी पक्षहरु परिस्थितीलाई हस्तक्षेप गर्न नसकेपनि ग्राउण्डमा गएर बिगार्न सक्ने सम्भावनाहरु बढि देखिएको जस्तो लाग्छ । मानिसहरुले एमसीसीलाई युक्रेनसँगको घटनालाई जोडेर झुटा सूचनाहरु पनि फैलाइरहेको देखियो । एमसीसी सन् २००६ देखि २००९ सम्म थ्रेसहोल्ड प्रोग्राम युक्रेनले पाएको रहेछ । एमसीसी भनेको अमेरिकी प्रोजेक्ट हो र युक्रेनलाई रसियाले हस्तक्षेप गरिरहेको छ भन्ने कुरा मान्छेहरुलाई बुझाउन सकिएको छैन ।

एमसीसी नेपाल भनेको एउटा विकास समिति जस्तै हो भन्ने बहसको सुरुवात गरेको छ । राष्ट्रियता र देश भक्तिबीचमा पनि ठुलो बहस चल्ने छ । प्रजातान्त्रिक मुलुकलाई विरोध गरेर राष्ट्रवादी हुने हो की देशभक्ति हुने हो भन्ने कुराहरु पनि आएको छ । अर्थ मन्त्रलयका कुराहरुमा ‘नन–एयरलाइन्ट’ नीतिहरुको कुराहरु आउँछ । नेपालको परिवर्तित भू–राजनीतिमा नेपालले आफ्नो वैदेशिक नीतिलाई पुनर्विचार गर्नुपर्छ । समग्रमा भन्नुपर्दा देश एउटा ठूलो दुर्घटनाबाट जोगिएको छ । अन्तर्राष्ट्रिय समुदायमा नेपालप्रतिको विश्वास कायम राखेको छ ।

मलाई लाग्छ, भविष्यमा प्रजातान्त्रिक मुलुक वा प्रजातान्त्रिक विचार धाराका मानिसहरुमा कुनै पनि किसिमको आक्रमण हुन सक्छ । यसको लागि तयार हुनुपर्छ । एमसीसीले राजनीतिक दलहरुमा जुन किसिमको नाटक देखाएको छ, त्यो एकदम चाख लाग्दो छ । अमेरिकाले नेपालको कम्युनिष्ट नेतृत्वहरुलाई के दबाब दियो भने, ‘मेरो कुरा स्वीकार पनि गर, पास पनि गर, जनतालाई मुख पनि देखाऊ’ भन्ने खालको कुरा भयो । अनि उहाँहरुले पनि के भन्नुभयो भने ‘हामीले अमेरिकालाई नि झुक्यायौँ, कस्तो ट्याक्टिस दिएको’ भन्ने खालका कुराहरु गरिएको छ ।

व्याख्यात्मक प्रस्तावमा समेटिएका बुँदालाई अमेरिकाले मान्छ कि मान्दैन भन्ने कुरा आएको छ । मैले सुने अनुसार अमेरिकाले ‘ग्रीन सिग्नल’ दिएर यो अगाडि बढेको हो । अन्त्यमा, नेपालमा प्रजातान्त्रिक कमिटी हाबी भएको छ । आँउदो चुनावमा के हुन्छ हेर्न नै बाँकी नै छ । समग्रमा भन्नुपर्दा आजका दिनहरुमा प्रजातान्त्रिक पार्टीले नेतृत्व गरेकोमा खुसी लागेको छ ।

(एमसीसी संसद्बाट अनुमोदन भएपछि कार्यान्वयनमा लैजाने विषयमा पन्तले राखेको धारणाको सम्पादित अंशः)
प्रस्तुती : पासाङ लामा ह्योल्मो 

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  २ : ४९ बजे

एमाले कुनै मोर्चाको पक्षमा छैन : ईश्वर पोखरेल

गण्डकी – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

लोकसभाको सातौं चरणको निर्वाचनमा ५८.३४ प्रतिशत मतदान

नयाँदिल्ली – लोकसभा चुनावको सातौं र अन्तिम चरणको मतदान जुन

म्याग्दीलाई गण्डकी प्रदेशस्तरीय तारो खेलको उपाधि

म्याग्दी – गण्डकी प्रदेशस्तरीय परम्परागत तारा खेलमा म्याग्दी ‘ए’ ले

किमाथाङ्का नाका खुलेपछि स्थानीयको दैनिकी सहज बन्दै

सङ्खुवासभा –चीनसँग जोडिएको सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाका सञ्चालनमा आएपछि

सुनसरीबाट हुन्डीको एक करोड रूपैयाँ बरामद

काठमाडौं – सुनसरीबाट प्रहरीले हुन्डी कारोबारमा प्रयोग गरिएको एक करोड