रोजगारमुखी कार्यक्रम ल्याउन प्रदेश सरकारलाई सुझाव « Khabarhub

रोजगारमुखी कार्यक्रम ल्याउन प्रदेश सरकारलाई सुझाव


२१ जेष्ठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णालीबाट प्रतिनिधित्व गर्ने संघीय सांसदले १० वर्षभित्र समृद्ध प्रदेश निर्माण गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन प्रदेश सरकारलाई सुझाव दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार आयोजित सुझाव सङ्कलन कार्यक्रममा प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदले उत्पादन र रोजगारमुखी कार्यक्रम ल्याउन सुझाव दिएका हुन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) का स्थायी कमिटी सदस्य एवं प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले जनताको जीवनमा परिवर्तन देखिने गरी सरकारलाई काम गर्न सुझाव दिए । तथ्याङ्कमा देखाएर मात्र नहुने भन्दै बजेट खर्चको प्रभाव जनताको जीवनस्तरमा देखिनुपर्ने उनको भनाइ थियो ।

दैलेख १ का प्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्माले महत्वकांक्षीभन्दा पनि प्रदेशको वस्तुगत आवश्यकता नीति तथा कार्यक्रम र बजेटमा समेट्नुपर्ने बताए । उनले कर्मचारी प्रशासनलाई विश्वासमा लिएर काम गर्न सुझाव दिए । राष्ट्रियसभाका सांसद जीवन बुढाले कर्मचारी, कानून र संरचना अभावका बीच प्रदेश सरकारको एक वर्षे कार्यकाल सन्तोषजनक रहेको दाबी गरे ।

दैलेख २ का प्रतिनिधिसभा सदस्य राजबहादुर बुढाले आगामी आर्थिक वर्षको नीति कार्यक्रममा उत्पादनमूलक आयोजना समावेश गर्न जोड दिए । कार्यक्रममा सांसदले कर्णालीमा रहेको जलविद्युत्, पर्यटन, कृषि, खनिज र जडीबुटीको उचित परिचालनले प्रदेशको आर्थिक समृद्धि सम्भव भएको बताउँदै कार्यान्वयनमुखी नीति तथा कार्यक्रम ल्याउन सुझाव दिएका थिए । कर्णालीको विकासका लागि आफूले केन्द्र सरकारसँग आवश्यक दबाब सिर्जना गरिरहेको संघीय सांंसदको भनाइ थियो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै क्षेत्रको रायसुझाव लिएर प्रदेश सरकारले कर्णालीको समृद्धिको खाकासहितको नीति तथा कार्यक्रम ल्याउने बताए । उनले चालू आवमा कानून, संरचना र कर्मचारी अभावका कारण जनताको अपेक्षाबमोजिम विकास बजेट खर्च गर्न नसकेको प्रष्ट पारे । उनले आगामी वर्ष ठूला र परिणाममुखी योजना ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलबार  ७ : ०५ बजे

चक्रवात ‘अनर्व’को प्रभाव : कोशी, बागमती र नारायणीमा बाढीको जोखिम

काठमाडौं – चक्रवात ‘अनर्व’को सम्भावित प्रभावका कारण यही कात्तिक ११

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा)

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास