श्रीलङ्कालाई सहयोग गर्न भारतीय तत्परता | Khabarhub Khabarhub

श्रीलङ्कालाई सहयोग गर्न भारतीय तत्परता


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गोताबाया राजापाक्षेले प्रशासन सम्हालेको प्रारम्भिक चरणमा भारतसँग श्रीलंकाको सौतेली आमाको जस्तो सम्बन्ध थियो । यो प्रशासनले यसअघिको प्रशासनले हस्ताक्षर गरेका केही सम्झौताहरु खारेज गरिदिएको थियो ।

यद्यपि पछि गएर श्रीलङ्कामा भारतको अडानी समूहले ७० करोड अमेरिकी डलर बराबरको रणनीतिक रुपमा महत्वपूर्ण गहिरो पानीको कन्टेनर टर्मिनल बनाउन सम्झौतामा समावेश भयो । यो टर्मिनल कोलम्बोको बन्दरगाहमा चीनको ५० करोड लगानीमा निर्मित जेटीकै छेउमा रहनेछ । जोन किल्स र पोर्ट अथोरिटीको कनिष्ठ साझेदारको रुपमा अडानी समूहले कोलम्बो बन्दरगाहमा पूर्वाधार निर्माणको ठेक्का पाएको हो । ६०० मिटर लामो टर्मिनलको पहिलो चरणको काम आगामी २०२४ सम्म पूरा भइसक्ने छ । ३५ वर्षसम्म सञ्चालनमा आएपछि यो बन्दरगाहको स्वामित्व श्रीलंका सरकारलाई हस्तान्तरण गरिने जनाइएको छ ।

विदेशी मुद्राको सञ्चयमा कमी रहेका कारण श्रीलङ्कामा अहिले तेल, ग्यास, औषधी र खानेकुराको अभाव छ । इकोनोमिक टाइम्सका अनुसार श्रीलङ्कालाई आपतकालीन सहयोग गर्न भारतले काम गरिरहेको छ ।

भारतबाट श्रीलङ्कातर्फ पछिल्लो ६ महिनामा ५० करोड डलर बराबरको तेल उधारोमा उपलब्ध गराएको छ । त्यस्तै, ४० करोड डलर बराबरको मुद्रा सटही, उधारोमा ४० हजार मेट्रिक टन इन्धन, १ लाख र्‍यापिड एन्टीजेन परीक्षण किट, १ हजार टन तरल अक्सिजन लगायतका सामग्री उपलब्ध गराएको छ । यसबाहेक १ अर्ब डलर बराबरको अत्यावश्यक सामग्री आपूर्ति गर्ने विषयमा पनि भारत र श्रीलङ्काबीच छलफल भइरहेको छ ।

सार्वजनिक तथ्यांक अनुसार श्रीलङ्काले सन् २०२१ मा अघिल्लो वर्षको तुलनामा ५० प्रतिशत धेरै खर्च गरेको छ । विदेशमा काम गर्ने कामदारले पठाएको रेमिट्यान्स घट्न थालेपछि मुलुकको विदेशी मुद्राको सञ्चिती पनि ह्वात्तै कम भएको छ । कूल ग्राहस्थ उत्पादनको १० प्रतिशत हिस्सा ओगट्ने पर्यटन क्षेत्र पनि कोभिड महामारीका कारण शिथिल भएको छ भने मुलुकको निर्यातमा भन्दा आयातको परिमाणमा भारी वृद्धि भएको छ ।

आफ्ना साना छिमेकी देशहरुसँग भारतले नरम कूटनीति अपनाउने गरेको छ । त्यसमाथि अरु संगठन र राष्ट्रजस्तो भारतले आफ्नो सहयोगको बखान पनि नगर्ने बताइन्छ । यद्यपि नयाँ दिल्ली र कोलम्बोबीच रहेको संवेदनशील सम्बन्ध र श्रीलङ्काको भू राजनीतिक अवस्थितीले गर्दा भारतले गर्न लागेको सहयोगलाई श्रीलङ्काले सहर्ष स्वीकार गर्ने विश्लेषकहरु बताउँछन् ।
 

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ३ : ३५ बजे

तीनमन्त्री खुर्कोटसहित बाढी प्रभावित क्षेत्रको अवलोकनमा

सिन्धुली– संघीय तीन मन्त्रीले सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा

उखुको समर्थन मूल्य छिटो तोक्न सांसद चौधरीको माग 

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य  एवं प्रतिनिधिसभाका सांसद विनोद चौधरीले

भारतद्वारा बाढीपीडितका लागि सामग्री हस्तान्तरण

बाँके– भारतले नेपालका बाढीपीडितका लागि सामग्री हस्तान्तरण गरेको छ ।

महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर लामिछाने विरुद्ध पुनरावेदन नगर्ने

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने

चाडबाडमा जुठो, सुतक : कति पुस्तासम्म बार्नुपर्छ ?

चाडपर्व, पूजाआजा, विहेबारीका मांगालिक कामको तामझाम चलिरहँदा झ्वाट्ट कतैबाट जुठो,